IME Life New

समस्याग्रस्त सुपर लघुवित्तलाई टेकओभर गर्न राष्ट्र बैंकले माग्यो दुई विज्ञ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले तुलसीपुर दाङमा केन्द्रिय कार्यालय रहेको समस्याग्रस्त सुपर लघुवित्त वित्तीय संस्थालाई टेकओभर गर्ने भएको छ । यसका राष्ट्र बैंकले व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना विज्ञ व्यवस्थापक आह्वान गरेको छ । व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समुह गठन गर्ने सिलसिलामा पद पुर्तीका लागि विज्ञापन आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकलाई आगामी साउन ३ गतेभित्र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सहित दखास्त पेश गर्न अनुरोध गरेको छ । संयोजक पदका लागि न्युनतम चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, ग्रामिण विकास, कृषि, समाजशास्त्र वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्रमा अधिकृत तह वा सो भन्दा माथिको पदमा कम्तिमा ५ वर्षको कार्य अनुभव हुनु पर्नेछ । त्यस्तै सदश्यको हकमा संयोजककै जति शैक्षिक योग्यता हासिल गरी कम्तिमा तीन वर्षको कार्य अनुभव हुनु पर्नेछ ।

Esewa
Crest

सेवा अवधि एक वर्षको हुनेछ । आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६/६ महिनाका लागि २ पटकसम्म सेवा अवधि नविकरण गर्न सकिनेछ । दरखास्त दिने अन्तिम मितिमा उम्मेदवार ६५ वर्ष ननाघेको हुनुपर्नेछ ।

कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ताका आधारमा चयन गरिनेछ । दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतिकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेवसाइटमा प्रकाशित गरिनेछ ।

संयोजकको लागि मासिक एक लाख ९० हजार र सदश्यको लागि एक लाख ५० हजार रुपैयाँ पारिश्रमिक तोकिएको छ । यसका अतिरिक्त दशै खर्च बापत एक महिनाको परिश्रमिक उपलब्ध गराउनेछ । यस बाहेक अन्य कुनै भत्ता प्रदान गरिने छैन ।

सूचना-२०८००३१३-पुनः-प्रकाशित-विवरण-सहित

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS