IME Life New

समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्समा राष्ट्र बैंकले दुई विज्ञ व्यवस्थापक पठाउदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापनमा दुई जना विज्ञलाई पठाउने भएको छ । फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना सम्मिलित व्यवस्थापन समुह गठन गर्ने भएको हो ।

उक्त पदका लागि नेपाल राष्ट्र बैंकले खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकले योग्यता पुगेका इच्छुक योग्य नेपाली नागरिकलाई यहि असोज ९ गतेसम्म नेपाल राष्ट्र बैंकमा दरखास्त फार पेश गर्न आह्वान गरिएको छ ।

Esewa
Crest

संयोजक पदमा लागि व्यवस्थापन लगायतका विषयमा स्नातकोत्तर गरी १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनु पर्नेछ भने सदश्य पदका लागि व्यवस्थापन विषयमा स्नातकोत्तर गरी १० वर्षको कार्य अनुभव भएको वा चार्टर्ड एकाउन्टेन्सी उपाधी हासिल गरि ५ वर्षको कार्यानुभव प्राप्त गरेको लेखा विज्ञ हुनु पर्नेछ ।

सेवा अवधि एक वर्षको तोकिएको छ । यदि आवस्यकता पर्यो भने कार्य प्रगतिका बधारमा ६/६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नविकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । दरखास्त दिने अन्तिम मितिमा ६५ वर्ष ननाघेको हुनुपर्नेछ । आवेदक सँग कार्ययोजना तथा सोको प्रस्तुतिकरण र अन्तर्वता लिइनेछ । यसैका आधारमा छनोट गरिने राष्ट्र बैंकले जनाएको छ ।

संयोजकले मासिक एक लाख २६ हजार ३०० रुपैयाँ र सदश्यले एक लाख तीन हजार रुपैयाँ पारिश्रमिक पाउने छन् । यस बाहेक देशै खर्चबापत एक महिनाको पारिश्रमिक प्रदान गरिनेछ । यस बाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान गरिनेछैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS