IME Life New

सप्तहाव्यापी कार्यक्रम गरी मनायो कामना सेवाले १६औं वार्षिकोत्सव, ४०३ युनिट ब्लड संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो १६ औं वार्षिक उत्सवको अवसरमा कार्तिक २१ गते देखि कार्तिक २७ गते सम्म सप्तहाव्यापी रुपमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरी आज केन्द्रीय कार्यालय, ज्ञानेश्वर काठमाडौंमा भव्य समारोह गरी सम्पन्न गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षता तथा काठमाडौं महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष दल बहादुर कार्कीको प्रमुख आतिथ्यतामा केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मुल समारोहोको आयोजना गरिएको थियो ।

बैंकको १६ औं गौरवमय स्थापना दिवस अर्थात मुल समारोहको दिन आज मिति २०७९ साल कार्तिक २७ गते बैंकको केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरुमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।

Esewa
Crest

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा सरसफाई, फोहोर व्यवस्थापनको लागि विभिन्न सामाग्री वितरण, रक्तदान कार्यक्रम, वित्तीय साक्षरता अभियान, पुरुष केएस फुटसल कप सिजन २ तथा महिला केएस फुटसल साथै, विभिन्न जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

“रक्तदान जिवन दान” भन्ने नारालाई आत्मसात गरी देशव्यापि रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सातै प्रदेशमा गरी कुल ४०३ युनिट रगत संकलन गरिएको थियो । केएस फुटसल अन्तर्गत पुरुष केएस फुटसल कप सिजन २ को उपाधि सिद्धार्थ बैंकले र महिला तर्फको उपाधि कामना सेवा विकास बैंकले जितेको छ ।

त्यसैगरी आज आनन्द भैरव मन्दिरको फोहोर व्यवस्थापनको लागि गार्वेज बिन स्टोरेज सेड तथा डिजिटल डोनेसन बक्स समेत हस्तान्तरण गरिएको थियो । उपरोक्त कार्यक्रमहरुमा काठमाडौं महानगरपालिका वडा नंं. ३० का अध्यक्ष दल बहादुर कार्की, ज्ञान भैरव क्लब (आनन्द भैरव मन्दिर) समितिका महासचिव रामेश्वर राउत तथा अध्यक्ष बसन्त राईले शुभकामना मन्तव्य दिनु हंदै बैंकले गरेको कार्य अत्यन्तै सराहनीय रहेकोले अरुले पनि यसको अनुसरण गर्नु पर्ने बताउँदै आगामी दिनहरुमा समेत बैंकसंग सहकार्य गर्ने प्रतिवद्धता समेत जाहेर गरे ।
बैंकका अध्यक्ष सुदिप आचार्यज्यूले बैंकको यो लामो यात्रामा अमूल्य सहयोग र साथ दिने नेपाल सरकार, अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, अन्य नियामक निकाय तथा ग्राहकमहानुभावहरु प्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनहरुमा समेत यस्तै साथ र सहयोग रहने अपेक्षा समेत गरे ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले बैंकले आज सम्मको लामो यात्रामा हासिल गरेको प्रगति तथा भावी कार्ययोजनाका बारेमा प्रकाश पारे ।

उक्त कार्यक्रममा संचालक विशेश्वर सुवेदी, संस्थापकहरु, विभिन्न संचार माध्यमका पत्रकारहरु, वडा प्रतिनिधिहरु, बैंकका कर्मचारी वर्ग तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS