IME Life New

सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिको कातिृक २० गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ ।

Esewa
Crest

सनलाइफ सावधिक जीवन बीमालेख
कम्पनीले यस बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ३० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ, बोनसदर कायम भएको छ भने यसै पोलिसीको २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ कायम भएको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको १४ हजार ५ सय ९७ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)
भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)को हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । ९ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ६० रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको ३ सय ३८ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनस प्राप्त गर्ने छन्।

बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा)
बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) को हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १९ हजार ७४१ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)
नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन)को हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीले ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि पनि प्रति हजार ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ३ हजार ५ सय २ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३५ रुपैयाँ बोनश प्राप्त गर्ने छन् ।

सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवन
सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनको हकमा कम्पनीले सबै बीमा अवधि (१५०)मा प्रति हजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत)
सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) यस बीमालेखको हकमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार २५ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथि अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा
धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनको हकमा १ देखि ९ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि २५ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS