IME Life New

सन नेपाल लाइफको खुद बीमाशुल्क आर्जन १५%ले बढ्यो, जीवन बीमा कोषमा साढे ७ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार कम्पनीको नाफाबाहेक अधिकांश सूचक बढेको देखिएको छ।

शेयरपुँजी ३ अर्ब ९६ करोड शेयर रहेको कम्पनीले समीक्षा वर्षमा शेयर प्रिमियम शीर्षकमा १ अर्ब २६ करोड रुपैयाँ सञ्चित गरेको छ। यस अवधिसम्ममा कम्पनीको रिटेन्ड अर्निङमा ५० करोड २० लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड २१ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ७ अर्ब ५० करोड १० लाख रुपैयाँ पुगेको छ।

Esewa
Crest

समीक्षा वर्षमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीले ७८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा २६ प्रतिशतले घटेको छ।

चौथो त्रैमाससम्ममा कम्पनीले ३ अर्ब ८८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३ अर्ब ७५ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन बढेको छ।

समीक्षा वर्षमा कम्पनीले पुनर्बीमामार्फत ४३ करोड २८ लाख रुपैयाँ खर्चिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ७६ करोड ९९ लाख रुपैयाँ पुनर्बीमामार्फत खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीले पुनर्बीमामार्फत कम रकम खर्चिएको छ।

कम्पनीले समीक्षा वर्षमा ३ अर्ब ४५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ अर्ब ९८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १५ प्रतिशतले बढेको हो।

समीक्षा वर्षमा कम्पनीले ३२ करोड ६३ लाख रुपैयाँ अभिकर्ता कमिसनमार्फत खर्चिएको छ। अघिल्लो वर्षमा कम्पनीले ३४ करोड ६६ लाख रुपैयाँ खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीले अभिकर्ता कमिसनमा कम रकम खर्चिएको छ।

समीक्षा वर्षमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १४.५१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५७.८७ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS