IME Life New

सन नेपाल लाइफको क्रेडिट रेटिङले पायो निरन्तरता, सोल्भेन्सी र गुणस्तरिय लगानी सबल पक्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । धितोपत्र बजारमा सूचीकृत जीवन बीमक, सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर जारीकर्ता रेटिङलाई केयर रेटिङ्गस नेपालले निरन्तरता दिएको छ। केयर रेटिङ्गसले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै साधारण शेयर निष्काशनका लागि शेयर जारीकर्ताकारूपमा यसअघि दिइएको त्रिपल बी इस्युअर रेटिङलाई पुनः समर्थन गरिएको जानकारी दिएको छ।

मूल्याङ्कन अवधिमा खुद नाफामा सुधार गर्दै जीवन बीमा कोषको आकार वृद्धि गर्न सफल भएकाले रेटिङ्गलाई पुनः समर्थन गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ। केयर रेटिङ्गस नेपालका अनुसार सन नेपालको अनुभवी सञ्चालक र व्यवस्थापनबाट पनि मूल्याङ्कनमा बल मिलेको छ। यसबाहेक लगानीको गुणस्तर, बढ्दो भौगोलिक उपस्थितिसँगै पर्याप्त पुनर्बीमा व्यवस्थाले पनि रेटिङको निरन्तरतामा योगदान दिएको छ।

Esewa
Crest

आव २०७९।८० मा नियामकीय सोल्भेन्सी अनुपात १.५ गुणा भन्दा न्यून रहेकोमा गत आव २०८०।८१ मा सुधार गर्न सफल भएको छ। प्राथमिक शेयर निष्काशनमा ढिलाई भएकाले सोल्भेन्सी अनुपात प्रभावित भएको विज्ञप्तीमा उल्लेख छ। सोल्भेन्सी अनुपातले दायीत्वको तुलनामा सम्पत्तीको अनुपात कति छ भन्ने अवस्थालाई जनाउँछ। १.५ गुणा अनुपातले चाहिँ १ रूपैयाँ बराबरको दायीत्व भुक्तानी गर्न बीमकसँग १ रूपैयाँ ५० पैसा बराबरको सम्पत्ती रहेको अवस्थालाई बुझाउँछ।

रेटिङ्गका लागि बीमकको वित्तीय अवस्था मूल्याङ्कनमा मध्यमस्तरको व्यवसाय र तीब्र प्रतिस्पर्धी बजारमा सामान्य बजार हिस्सा सन नेपाल लाइफको लागि चुनाैतीका रूपमा रहेको छ। बीमालेखमा विविधिकरणसँगै व्यापार वृद्धिलाइ निरन्तरता दिनसक्ने क्षमता र गुणस्तरिय लगानीलाई कायम राख्नु मुख्य मूल्याङ्कन संवेदनशीलता हुनेछ। यसबाहेक न्यूनत्तम चुक्ता पूँजीको व्यवस्था र सबै समयमा पर्याप्त सोल्भेन्सी अनुपात कायम गर्न सक्ने नसक्ने पक्ष पनि मूल्याङ्कन संवेदनशीलता हुने केयर रेटिङ्गसले जनाएको छ।

गत आर्थिक वर्ष २०८०।८१ मा ३ अर्ब ८८ करोड ५० लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको सन नेपाल लाइफको जीवन बीमा कोष ७ अर्ब  ४९ करोड ९० लाख रूपैयाँ पुगेको थियो। केयर रेटिङ्गसका अनुसार सन नेपाल लाइफको व्यापारको ठूलो हिस्सा वैदेशिक रोजगार म्यादी बीमाबाट प्राप्त हुन्छ। कुल बीमाशुल्क आम्दानीमा बजार हिस्साका हिसाबले २.४८ प्रतिशत हिस्सा सहित १४ जीवन बीमकमध्ये सन नेपाल लाइफ पुछारमा रहेको छ। गत आवमा ११ अर्ब ६० करोड ४० लाख रूपैयाँ लगानीबाट यसले ब्याजवापत मात्र ८४ करोड ७० लाख रूपैयाँ कमाएको थियो।

सन नेपाल लाइफको बीमाले निरन्तरता दर गत आवमा ६० प्रतिशतमा सीमित रहेको थियो। अघिल्लो आवमा यस्तो अनुपात ६५ प्रतिशत थियो । बीमालेख निरन्तरता दरको स्वस्थ स्तरले उच्च नवीकरण बीमाशुल्क आम्दानी र बलियो उपभोक्ता आधारलाई संकेत गर्छ। यसबाहेक, यसले बीमालेखको लामो समयसम्मको निरन्तरतालाई पनि सङ्केत गर्छ, जसले कम्पनीलाई प्रारम्भिक वर्षहरूमा लागेको उच्च लागत भार असुल्न सक्षम बनाउँछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS