IME Life New

सन नेपाल लाइफको आइपीओ भर्ने आज अन्तिम दिन, हालसम्म कति पर्यो आवेदन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३१ गतेदेखि ७६ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले बोर्डबाट आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

Esewa
Crest

बाँकी रहेको शेयरमध्ये ४ लाख ८० हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ भने ४ लाख ८० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणले अंकित मूल्यमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा बाँकी रहेको ७६ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आइपीओमा भदौ ३ गते साँझ ५ः०६ बजेसम्म १२ लाख २१ हजार १४२ जनाले ३ अर्ब ३३ करोड ४९ लाख ७९ हजार ७१० रुपैयाँ बराबरको १ करोड ३९ लाख ५३ हजार ८९० कित्ताका लागि आवेदन दिएका हुन् ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।कम्पनीको आइपीओ निष्काशन तथा तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। ठ

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS