IME Life New

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने, सम्झौतापत्रमा गरे हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बिन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । माघ ८ गते बुधबार एक आपसमा मर्जर प्राप्तिमा जाने सम्बिन्धी सैद्धान्तिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतपत्र प्राप्त गरी देशभर १३० वटा शाखा तथा ८ वटा एक्स्टेन्सन काउन्टर भएको सनराइज बैंकले मोरङ्ग, सुनसरी र सप्तरी गरी ३ जिल्लामा कार्यक्षेत्र रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्झौता गरेको हो । विराटनगरमा प्रधान कार्यालय रहेको फाइनान्सले २१ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।

Esewa
Crest

दुबै संस्थाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डिडिए) प्रतिवेदनको आधारमा शेयर स्वाप रेसियो निर्धारण हुने सम्झौता भएको छ ।

डिडिए प्रतिवेदन प्राप्त भएपछि दुवै पक्षको संचालक समिति तथा संयुक्त समितिमा छलफल गरी शेयर स्वाप प्रतिशेयर मूल्यलाई साधारण सभाबाट अनुमोदन भएपछि विद्यमान सिर्जना फाइनान्सका शेयरधनीहरुलाई शेयर स्वाप अनुसार कायाम हुन आउने शेयर दिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS