IME Life New

सनराइज बैंकले ल्यायो मेसिनबाटै नगद र चेक खातामा जम्मा गर्न सकिने सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ । आज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरुको उद्घाटन गरेका हुन् ।

बैंकले नविनतम् सेवा सुविधा दिने उद्देश्यका साथ ग्राहकहरुलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मसिन संचालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार यस सेवा अन्तर्गत ग्राहकहरूले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्ने छन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मा समेत हुन्छ ।

Esewa
Crest

त्यस्तै, किओस्के मेसिनको प्रयोग गरी ग्राहकहरूले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार चेकहरू ग्राहकहरूको आवश्यकता तथा छनौट अनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ । साथै ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै किओस्के मसिनबाट प्राप्त गर्न सक्नेछन् ।

बैंकले क्यास डिपोजिट मसिन सेवा हालको लागि आफ्नो गैरीधारा शाखामा र चेक डिपोजिट कियोस्क सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS