IME Life New

सनराइज बैंकका ग्राहकले अपोलो हस्पिटलमा आकर्ष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकका ग्राहकले अपोलो हस्पिटलमा छुट पाउने भएका छन् । बैंकले भारत स्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग सम्झौता गरि ग्राहकले छुट पाउने व्यवस्था गरेको हो ।

सम्झौता अनुसार अब बैंकका सम्पूर्ण ग्राहकले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन्। सो सम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक रविन कुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका ​​महाप्रबन्धक अजय भारद्वाजले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

सम्झौता अनुसार बैंकका सम्पुर्ण ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परिक्षण देखि भर्ना खर्च सम्ममा १० प्रतिशत सम्म छुटका साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पु-याउने लगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटल अन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न गर्ने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS