IME Life New

सनराइज फोकस्ड फण्डको ईकाइ बाँडफाँड, यी माध्यमबाट हेर्न सकिन्छ नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वसाधारणका लागि बिक्रि गरिएको सन्राइज फोकिस्ड इक्विटी फण्डको इकाई बाँडफाँड भएको छ । सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक र सन्राइज क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सन्राइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सन्राइज फोकिस्ड इक्विटी फण्ड स्कीमको बन्दमुखी योजनाको कूल १२ करोड इकाई मध्ये १० करोड २० लाख इकाई सर्वसाधारणका लागि २०७९ माघ १० देखि २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको हो।

इकाई खरिदका लागि निर्धारित समयावधिमा लगानी गर्ने संघ संस्था लगायत सर्वसाधारणका तर्फबाट रितपूर्वक प्राप्त भएको २९ हजार ९०३ आवेदन (बीज पूँजी सहित) बाट १० करोड इकाई खरिदका लागि माग गरिएको थियो । प्राप्त आवेदनमा आएकोमा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम २०७९ माघ २७ गते बाँडफाँड गरीएको हो । सन्राइज फोकस्ड इक्विटी फण्ड योजनाको आकार एक अर्ब कायम गरिएको छ ।

Esewa
Crest

बाँडफाँड गरिएको इकाईको नतिजा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाईट तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेबसाईट बाट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS