IME Life New

सनराइज फर्स्ट म्युचुअल फण्डले आजदेखि प्रतिफल वितरण गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजदेखि सनराइज फर्स्ट म्युचुअल फण्डले आफ्ना इकाईधनीहरुमा प्रतिफल वितरण गर्ने भएको छ । फण्डले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट इकाईधनीहरुलाई कर सहित ५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाले प्रतिफल प्रयोजनका लागि भदौ १६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १५ गतेसम्म कायम शेयरधनीहरु मात्र फण्डको प्रतिफल प्राप्त गर्नेछन् ।

Esewa
Crest

फण्डले इकाईधनीहरुले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामै नगद लाभांश जम्मा गर्न लागेको हो । हालसम्म पनि बैंक खाता हितग्राही खातामा अद्यावधिक नगरेका इकाईधनीहरुलाई यथाशिघ्र बैंक खाता अद्यावधिक गराई आफ्नो लाभांश सुरक्षित गर्न फण्डले आग्रह गरेको छ ।

त्यस्तै, आफ्नो इकाई धितो राखेका इकाईधनीहरुको हकमा भने प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृतिपत्र अनिवार्य रुपमा प्रस्तुत गर्न फण्डले सोही सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS