IME Life New

सनराइज क्यापिटलले ल्यायो विशेष छुट योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज क्यापिटलले आफ्नो सेवाको ३० बर्षे पुरा गरेको अवसरमा बिशेष छुट योजना ल्याएको छ। नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो कम्पनीका रुपमा बि.सं २०४९ माघ १ गतेका दिन एनआईडिसि क्यापिटल मार्केट्स लिमिटेडको नामबाट संचालनमा आएको क्यापिटलले सनराइज क्यापिटलको नामबाट कारोबार थालेको हो।

सनराइज बैंकले प्राप्ति गरेपश्चात बि.स २०६७ मा एनआईडिसि क्यापिटल मार्केट्स लिमिटेडको सहायक कम्पनी एनसिएम मर्चेण्ट बैकिङ्ग सनराइज क्यापिटलमा रुपान्तरण भएको हो। ३० वर्ष पूरा गरेको उपलक्ष्यमा ल्याइएका छुट योजनाहरु २०७९ साल माघ १ गतेदेखि लागु हुने क्यापिटलले जनाएको छ।

Esewa
Crest

निःशुल्क डिम्याट खाता ३० दिनका लागि लगानी व्यवस्थापन सेवाको शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट, ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि ३० दिनका लागि निःशुल्क प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट पाइनेछ , साथै, पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क, संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट

सनराइज क्यापिटलले हाल दुई वटा म्युचुअल फण्ड “सनराईज फस्र्ट म्युचुअल फण्ड” र “सनराइज ब्लूचिप फण्ड” को व्यवस्थापन गर्दै आईरहेको छ भने नयाँ म्युचुअल फण्ड “सनराईज फोकष्ड ईक्विटी फण्ड” निष्काशनको क्रममा रहेको छ।

हाल कम्पनीले मर्चेण्ट बैंकिङ्ग कारोवार अन्तर्गत नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी शेयर निष्काशन तथा विक्रि प्रबन्धक, कोष व्यवस्थापक, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूती, निक्षेप सदस्य, लगानी व्यवस्थापन, लगानी परार्मश सेवाको कार्य गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS