IME Life New

सनराइज क्यापिटलको साधारण सभा मिति तय, लाभांश र मर्जर प्रस्ताव पारित गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। क्यापिटलले असोज १० गते आफ्नो कार्यालय, कमलपोखरी, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त सभा बिहान साढे १० बजे शुरु हुनेछ।

क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र सोही अवधिको नाफा(नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । सभाले सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एक आपसमा गाभ्ने गाभिने गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS