IME Life New

सगरमाथा इन्स्योरेन्सको दोलखास्थित शाखा कार्यालय दुई दिनदेखि आन्दोलनकारीको नियन्त्रणमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभावकारी सुरक्षा व्यवस्था नहुँदा सगरमाया इन्स्योरेन्सको दोलखास्थित शाखा कार्यालय दुई दिनदेखि बन्द रहेको छ । बीमा कम्पनीको शाखा कार्यालय उद्योग बाणिज्य संघ र निर्माण व्यवसायी संघका केही पदाधिकारीले ताला लगाएर आफ्नो नियनत्रणमा राखेका छन् ।

सगरमाया इन्स्योरेन्सको दोलखास्थित शाखा कार्यालयमा आन्दोलनकारीले तालाबन्दी गरेको विषयमा बीमा समितिले चासो देखाउँदै बीमा कम्पनीका शाखा कार्यालय सार्वजनिक निकाय भएकोले तत्काल खुल्ला गर्न स्थानीय प्रशासनले भूमिका खेल्नुपर्ने जनाएको छ । बीमा समितिका सूचना अधिकारी उपनिर्देशक निर्मलमणि अधिकारीले भने, सार्वजनिक निकायका कार्यालयमा हुलदंगा गर्न र अनाधिकृत व्यक्तिले बन्द गर्नु गैर कानुनी हो, स्थानीय निकायले तत्काल पहल गरेर खुल्ला गर्नुपर्दछ ।’

Esewa
Crest

उता, जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आफूलाई सो सम्बन्धमा जानकारी नभएको बताए । रिजालले कार्यालयका कर्मचारीले मागेमा सुरक्षा दिन तयार रहेको प्रतिक्रिया दिँदै बन्द रहेको सार्वजनिक निकायको कार्यालय खोल्ने सम्बन्धमा जिम्मेवार भूमिका निर्वाह गर्न नसकेको देखिएको छ ।

उता, जिल्ला प्रहरी कार्यालय दोलखाले समेत बन्द रहेको सगरमाया इन्स्योरेन्स शाखा कार्यालय खुल गर्ने सम्बन्धमा कुनै पहल नगरेको खुलेको छ । गृहमन्त्रालयले भने सार्वजनिक निकायका कार्यालय कुनै पनि अवस्थामा बन्द गर्ने कार्य स्वीकार्य हुन नसक्ने प्रष्ट पारेको छ । गृहमन्त्रालयका सह–सचिव तथा प्रबक्ता केदारनाथ शर्माले वित्तीय संस्थाका कार्यालय सार्वजनिक निकाय भएकोले समन्वय गरेर तत्काल खुल्ला गर्नुपर्ने बताए । बन्द रहेको सार्वजनिक निकायको शाखा कार्यालयका सम्बन्धित कर्मचारीलाई तत्काल जिल्ला प्रशासन कार्यालयमा घटना विवरण दिन गृहमन्त्रालयले आग्रह गरेको छ ।

उता, सगरमाथा इन्स्योरेन्सले भने आन्दोलनकारीसँग वार्तामार्फत समस्या हल गर्ने प्रयास भइरहेको बजाएको छ । सर्भेएयरको प्रतिवेदन चित्त नबुझेमा बीमा समितिमा उजुरी दिन सकिने भएपनि कानुनलाई आफ्नो हातमा लिएर आन्दोलन गर्ने कार्य कुनै पनि हालतमा स्वीकार्य नभएको सो कम्पनीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS