IME Life New

संस्थान र कम्पनीलाई तीन महिना भित्र लेखापरीक्षण सम्पन्न गर्न अर्थमन्त्रीको निर्देशन, तत्काल सम्भव छैन !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीलाई तीन महिना भित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालको उपस्थितिमा दुई बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई छिट्टै लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

 अर्थमन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले  लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै आजका मितिबाट सुरु भइ २०८० साल  वैशाख १६ सम्म लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

Esewa
Crest

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३/०७४ देखि लेखा परीक्षण हुन बाँकी छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिएका हुन् ।

बैठकमा अर्थमन्त्रालय राजस्व सचिव डा. रामप्रसाद घिमिरे, नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शेखर बराल लगायतको उपस्थिति रहेको थियो ।

अर्थमन्त्रीले तीन महिना भित्र लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिए पनि सम्भव नभएको दुई कम्पनीले जनाएका छन् । मन्त्री समक्ष दुई कम्पनीका सिइओले सकेसम्म सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सिलवालले दुई कम्पनीलाई निरन्तर रुपमा दवाव दिदै आए पनि नमाने पछि बाध्य भएर उनले अर्थमन्त्रीलाई नै भटाएर दवाव दिने वातावरण बनाएका हुन् ।

सामान्य अवस्थामा पनि एक आर्थिक वर्षको लेखापरीक्षण सम्पन्न गर्न ३/४ महिना लाग्छ । तर दुई कम्पनीको ७ वर्षको लेखापरीक्षण हुन बाँकी छ । पछिल्ला दुई आर्थिक वर्षको लेखापरीक्षण एनएफआरएस प्रणाली अनुसार गर्नु पर्ने हुन्छ ।

पछिल्ला तीन चार वर्षको हर हिसाव पारदर्शी अवस्थामा रहेको हुँदा लेखापरीक्षण गर्न धेरै गाह्रो छैन । तर अघिल्ला आर्थिक वर्षको आर्थिक विवरण तथा प्रमाणहरु दुबै कम्पनी समक्ष छैन । यसले गर्दा न त प्राधिकरणले सहजिकरण गर्न सक्छ न त महालेखापरीक्षकको कार्यालयले नै सहजिकरण गरिदिन सकेको छ । पछिल्लो समय दुई कम्पनीको लेखापरीक्षण अर्थमन्त्रालयको समेत टाउको दुखाइको विषय बन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

38%
happy

खुसी

13%
sad

दु :खी

38%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS