IME Life New

संसद भवन अगाडी आत्मदाह गरेका आचार्यको परिवारलाई सन नेपालले गर्यो ५० लाखको मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संघिय संसद भवन अगाडी माघ १० गते आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले हिजो माघ २४ गते एक कार्यक्रम आयोजना गर्दै सूर्योदय नगरपालिका इलामको मेयर, उपमेयर, वडा अध्यक्ष तथा कम्पनीको तर्फबाट प्रदेश नम्बर एकका प्रमुख तुलसीनाथ पौड्याल तथा इलाम शाखा प्रमुखको रोहबरमा मृतक आचार्यको श्रीमती नानुका अधिकारीलाई दाबी बापतको रकमको चेक हस्तान्तरण गरेको हो ।

आचार्यले २०७७ मंसिर २ गते कम्पनी मार्फत ५० लाख रुपैयाँको धनञ्जय बीमा पोलिसी खरिद गरेका थिए । उनले कम्पनीलाई दुई किस्ता मार्फत ६ लाख ९३ हजार ६ सय रुपैयाँ बीमा शुल्क बुझाएका थिए । धनफिर्ता ‘मनि व्याक’ बीमा पोलिसी भएकाले आचार्यले यस अगाडी प्राप्त गरेको दाबी रकमलाई कट्टा गरी उक्त रकम दिएको हो ।

Esewa
Crest

संघिय संसदभवन अगाडी आत्मदाह गर्नु अगाडी उनले सामाजिक सञ्जाल फेसबुकमा आत्मदाह गर्नुको कारण सार्वजनिक गरेका थिए । फेसबुकमा आफ्नो असफलता र असफलका कारण सहित लेखेको उक्त विवरणले उनि मृत्यु पर्यन्त चर्चामा आए । सोहि विवरणमा सन नेपाल लाइफका अभिकर्ता तथा कर्मचारीले बीमा पोलिसी खरिद गर्दा ४/५ लाख रुपैयाँ खाइदिएको भन्दै लेखेका थिए ।

यद्दपी आचार्य स्वयंले भने आत्मदाह गर्नु भन्दा केहि दिन अगाडी सन नेपाल लाइफको शाखा कार्यालयमा आत्म हत्या गर्दा मृत्यु दाबी पाइन्छ कि पाइदैन भनेर जानकारी लिएका थिए । यदि कसैले बीमा पोलिसी खरिद गरेको दुई वर्ष भित्र आत्महत्या गर्यो भने मृत्यु दाबी नपाउने कानुनी व्यवस्था छ । अर्को तर्फ आत्महत्याको हकमा दुई वर्षमा दुई किस्ता बापतको बीमा शुल्क भुक्तानी गर्नु पर्छ । आचार्यले दुई किस्ताको दाबी भुक्तानी गरे पनि तेस्रो वर्षको भने गरेका थिएनन् ।

प्रचलित नियम अनुसार मृत्यु दाबी भुक्तानी गर्न मिल्ने अवस्था आए पछि सन नेपाल लाइफले मृतकको श्रीमति नानु अधिकारीलाई ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । ६० लाख भन्दा माथि कर्जा रहेको र मानसिक तनावमा रहेका आचार्यको परिवारले १४ दिन मै मृत्यु दाबी रकम प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

17%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS