IME Life New

शौर्य सिमेन्ट ईण्डष्ट्रिजले “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता आयोजना गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  शौर्य सिमेन्ट इण्डष्ट्रिजले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मधेस प्रदेशलाई लक्षित गरी “शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता २०८०“ ल्याएको छ । यस प्रतियोगितामा मधेश प्रदेशका १६ वर्ष भन्दा माथिका महिला वर्गहरू सहभागि हुन सक्ने छन् ।

प्रतियोगिता ३ बिभिन्न चरणमा सम्पन्न हुने छ । पहिलो चरणमा सहभगि महिलाहरुले आफ्नो विस्तृत जानकारी एवं आफ्नो एक चित्रकलाको प्रतिलिपी कम्पनीको वेभसाइट फेसबुक पेजको क्युआर कोड गरी फारम भरी बुझाउन वा उपलब्ध फारम डाउनलोड गरी आवश्यक सम्पूर्ण जानकारी उल्लेख गरी वाट्सएप नं ९८०२३३५५८५ मार्फत पनि पठाउन सकिनेछ ।

Esewa
Crest

यसका साथै भरिएको फारम र आफ्नो चित्रकला गाउँपालिकार न।पा मार्फत बुझाउन मिल्ने सुबिधा समेत मिलाईएको छ । फारम बुझाउने अन्तिम मिति २०८० मंसिर ८ रहेने छ । फारम साथ उपलब्ध गराइएको चित्रकलाको आधारमा सहभागी मध्ये ७५ सहभागीहरू दोस्रो चरणको लागि चुनिने छन् ।

दोस्रो चरणमा प्रवेश गरेका समहभागीहरुले कम्पनिले उल्लेख गरेको विषयमा मिथिला चित्रकला क्यान्भासमा कोर्नु पर्ने छ । दोस्रो चरणको प्रतियोगिता शौर्य सिमेन्टको आफ्नो उद्धोग भित्र नै संचालन हुने छ । अन्तिम चरणका लागि ७५ सहभागी मध्ये उत्कृष्ट १५ सहभागीहरु चुनिने छन् । यस चरणमा सहभागीहरुले शौर्य सिमेन्टको उद्धोगको भित्तामा मिथिला चित्रकला बनाउनु पर्ने हुन्छ । उहाँहरुले बनाउनु भएको चित्रकलाको मुल्याङ्कन निर्णायक समिति द्वारा गरी सोही अनुरुप पुरस्कृत समेत गरिनेछ ।

यस प्रतियोगिताको पुरस्कार स्वरुप प्रथम स्थान प्राप्त गर्नेलाई ७५,००० । दोस्रो स्थान प्राप्त गर्नेलाई रु। ५०,००० तेस्रो स्थान प्राप्त गर्नेलाई रु। २५,००० का साथै १२ जनालाई सान्त्वना स्वरुप हरेकलाई रु। ५,००० उपलब्ध गराईने छ ।

यस प्रतियोगितामा सहभागि हुनको लागि कम्पनीको आधिकारिक वेभसाईट र फेसबुक पेजमा गई उल्लेखित क्युआर कोडको स्क्यान गरी फारम भर्न सकिनेछ । आवश्यक सम्पूर्ण जानकारी कम्पनीको आधिकारिक सामाजिक संजालमा प्रकाशन गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS