IME Life New

शेयर बजार बढ्दा यो साता निर्जीवन र जीवन बीमा कम्पनीका लगानीकर्ताले कति कमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारको गतिलो बाउन्स ब्याक भएको छ। नेप्से परिसूचक यो साता ७.६५ प्रतिशत अर्थात १४१.८३ अंकले बढेको छ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से १९९४.६० को विन्दुमा बन्द भएको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षामार्फत नेपाल राष्ट्र बैंकले केही लचिलो नीति लिएपछि शेयर बजारमा गतिलो बाउन्स ब्याक भएको हो। बजार बढ्दा नेप्से उपसमूहमा रहेका निर्जीवन र जीवन दुवै बीमा समूह उकालो लागेको छ। निर्जीवन बीमा समूहमा रहेका १२ वटा कम्पनीको शेयरभाउ बढेको छ।

Esewa
Crest

यो साता निर्जीवन बीमा कम्पनीमध्ये प्रभु इन्स्योरेन्सका शेयरधनीहरु मालामाल भए। यो कम्पनीको शेयरभाउ १७.७५ प्रतिशतले बढेको छ। गत बिहीबार प्रतिकित्ता ६७१ रुपैयाँ रहेको यो कम्पनीको शेयरभाउ बढेर हिजो बिहीबार ७९०.१० रुपैयाँ कायम भएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सका शेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको शेयरभाउ १६.८१ प्रतिशतले बढेको छ।

यो साता एनएलजी इन्स्योरेन्सको शेयरभाउ ११.८१ प्रतिशत, आइजीई प्रुडेन्सियलको ११.४३ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको १०.९२ प्रतिशत र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.६३ प्रतिशतले शेयरमूल्य बढेको छ।

यसैगरी लगानीकर्ताले यो साता नेपाल इन्स्योरेन्सबाट ५.४८ प्रतिशत, नेको इन्स्योरेन्सबाट ४.४८ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीबाट ४.७८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सबाट ६.९७ प्रतिशत, शिखर इन्स्योरेन्सको २.८२ प्रतिशत र युनाइटेड अजोड इन्स्योरेन्सबाट ३.६४ प्रतिशत रिटर्न पाएका छन्।

उता जीवन बीमा कम्पनीमध्ये रिलायबल नेपाल लाइफका शेयरधनीहरुले सबैभन्दा बढी कमाए। यो कम्पनीको शेयरभाउ १२.४८ प्रतिशतले बढेको छ। गत साता बिहीबार ४८६.३ रुपैयाँ रहेकोमा यो साता बिहीबार बढेर ५४७ रुपैयाँ पुगेको छ।

यसैगरी एसियायन लाइफ, सिटिजन लाइफ र हिमालयन लाइफका शेयरधनीहरुले उच्च रिटर्न पाए। यी तीन कम्पनीको शेयरभाउ क्रमशः ८.३३ प्रतिशत, ८.९९ प्रतिशत र ८.०४ प्रतिशतले बढेको छ।

यो साता लगानीकर्ताले आइएमई लाइफबाट ७.५ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनबाट ३.२२ प्रतिशत, नेपाल लाइफबाट ४.९१ प्रतिशत, नेशनल लाइफबाट ७.९१ प्रतिशत, सूर्यज्योति लाइफबाट ४.३४ प्रतिशत, सन नेपाल लाइफबाट ७.२६ प्रतिशत र सानिमा रिलायन्सबाट ५.११ प्रतिशत रिटर्न पाएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS