IME Life New

शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन प्रभु बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु बैंकले पुरानो लाभांश लिन आफ्ना शेयरधनीहरुलाई आग्रह गरेको छ। बैंककले साविक सेञ्चुरी बैंक, अरनिको डेभलपमेन्ट बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, अल्पाईन डेभलपमेन्ट, सेती फइनान्स लिमिटेडको विभिन्न साधारण सभाबाट पारित गरिएको नगद लाभांश लिन छुटेका शेयरधनीहरुलाई लाभांश बुझिलिन आग्रह गरेको हो ।

शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा छुट भएका नगद लाभांश संकलन गर्ने आग्रह गरेको छ । साथै, नगद लाभांश लिन बाँकी रहेको सेयरधनीहरुको नाम सहित विस्तृत विवरण बैंकको वेबसाइटमा राखिएको समेत बैंकले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS