IME Life New

शेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन सानिमा बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई नगद पाँच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले असार मसान्तसम्म ५ वर्ष अवधि नाघेका तर सम्बन्धित शेयरधनीले नलिएको २ लाख ७१ हजार ४०० नगद लाभांश लिन आफ्ना शेयरधनीलाई आग्रह गरेको हो ।

उक्त लाभांश बैंकको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड, सममार्ग, नक्साल, काठमाडौंमा सम्पर्क गरी लिन बैंकले भनेको छ । साथै, बैंकमा विगत १० वर्ष वा सो भन्दा बढी समयदेखि चल्तिमा नरहेका तथा दाबी नभएका निक्षेप खाताहरुमा विभिन्न ग्राहकहरुको मौज्दात रहेको हुँदा उक्त रकम समेत आवश्यक प्रमाण सहित बैंकको सम्बन्धित शाखामा सम्पर्क गरी लिन समेत आग्रह गरेको छ ।

Esewa
Crest

उक्त भुक्तानी गर्न बाँकी लाभांश तथा निक्षेप रकम लिन नगएमा प्रचलिन कानून बमोजिम प्रक्रिया अघि बढ्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS