IME Life New

शेयरधनीलाई पुरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नगद लाभांश लिन बाँकी शेयरधनीलाई यस्तो आग्रह गरेको हो ।

साधारण सभाले पारित गरेको पाँच वर्षसम्म पनि शेयरधनीले नगद लाभांश लिन नआएमा उक्त लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने प्रावधान भएकाले लाभांश लिन बाँकी शेयरधनीले यस सूचना जारी गरेको मितिले ३५ दिन अर्थात् पुस १७ गते सम्म शेयर रजिष्ट्रार सिबिआईएल क्यापिटल लिमिटेड बाटुलेघरमा सम्पर्क गरी लिन सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

तोकिएको अवधिमा पनि शेयरधनीले लाभांश लिन नआएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ । साथै हालसम्ममा पनि शेयर अभौतिकीकरण गर्न बाँकी रहेका शेयरधनीले शेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता नं अद्यावधिक गराउन समेत बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS