IME Life New

शेयरधनीलाई निराश बनाउँदै नेपाल लाइफ, आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश बाँड्न नसक्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ का लागि लाभांश वितरण गर्न नसक्ने भएको छ।

जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक व्यवसाय गर्दै आएको नेपाल लाइफले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई निराश बनाउने भएको हो। अघिल्लो २ आर्थिक वर्षमा पनि इतिहासकै कमजोर लाभांश वितरण गरेको नेपाल लाइफले आर्थिक वर्ष २०७८/७९ मा भने शेयरधनीहरुको हात रित्तै बनाउने लगभग निश्चित देखिएको छ।

Esewa
Crest

उक्त आर्थिक वर्षमा कम्पनीले ३५ करोड २७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो। घाटासँगै केही मुख्य सूचकहरुमा पनि नेपाल लाइफ कमजोर देखिएको छ।

जीवन बीमक कम्पनीहरुको एक्चुरी भ्यालुएसनपछि मात्रै लाभांश वितरण गर्न सक्ने वा नसक्ने निर्धारण हुने स्रोत बताउँछन्। ‘तर, नेपाल लाइफले अहिलेसम्म सो आर्थिक वर्षको लेखापरीक्षण गरेको छैन’, आर्थिक वर्ष २०७९/८० सकिएको पनि ५ महिना बित्दा पनि दुबै आर्थिक वर्षको लेखापरीक्षण गर्न नसक्नु ब्यबस्थापकीय कमजोरी रहेको स्रोतले भन्यो, ‘त्यसैले झन सरकारले करको भार थप्नाले सो आर्थिक वर्षका लागि नेपाल लाइफले शेयरधनीहरुलाई बाँड्न नसक्ने लगभग निश्चित भएको छ।

नेपाल लाइफले दसैँअघि नै एक्चुरीको काम सकेर नेपाल बीमा प्राधिकरणमा प्रमाणीकरणका लागि पेस गरेको थियो। ‘तर, हालसम्म यो कम्पनीको एक्चुरी प्रतिबेदन नै पास भएको छैन’, स्रोतले भन्यो।

नेपाल लाइफले २०६८/२०६९ देखि आर्थिक वर्ष २०७७/७८ सम्म लगातार शेयरधनीहरुलाई लाभांश वितरण गर्दै आएको थियो। तर, २०७६/७७ र २०७७/७८ मा भने यो कम्पनीको लाभांश दर निकै घटेको देखिन्छ। आर्थिक वर्ष २०७६/७७ मा नेपाल लाइफले १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश गरी कुल १४.७३६८ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा भने १५.७८९५ प्रतिशत नगद लाभांशमा वितरण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

4%
happy

खुसी

35%
sad

दु :खी

4%
amazed

अचम्मित

13%
excited

उत्साहित

43%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS