IME Life New

शेयरधनीको खातामा पठायो नेपाल लाइफले नगद लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले २५ औँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको छ। वीरगञ्जमा सोमबार सम्पन्न साधारण सभाले सञ्चालक समितिबाट प्रस्तावित आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजीको कुल २१.०५ प्रतिशत लाभांश स्वीकृत गरेको थियो।

कुल लाभांशमध्ये बोनश शेयर १० प्रतिशत र करसहित नगद लाभांश ११.०५ प्रतिशत रहेको छ।  कम्पनीले आ.व. २०८०।८१ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको हाल कायम चुक्ता पूँजी रु. ८ अर्ब २० करोड ७९ लाख ६६ हजारको जम्मा २१.०५% ले हुन आउने रकम रु. १ अर्ब ७२ करोड ७९ लाख ९२ हजार शेयरधनीहरुलाई लाभांशको रुपमा वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको थियो।

Esewa
Crest
बोनश शेयर वितरण गर्दा कायम हुन आउने दशमलवपछिको अंकलाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरी यथावत राख्ने विशेष प्रस्ताव सभाले पारित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS