IME Life New

सिवम् सिमेन्ट आक्रामक खरिद, के देखाउँछ आजको फ्लोरसिटले?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आज जेष्ठ १४ गते बजारको अन्तिम समयमा सिवम् सिमेन्टको शेयर कारोवारले सबै लगानीकर्ताको ध्यान केन्द्रित गरेको थियो। आज नेप्सेमा कारोवार हुने कम्पनीहरु मध्य शिवम सिमेण्ट्सको सर्वाधिक कारोवार हुन् सफल भयो। आज शिवम सिमेण्ट्सको १६ करोड ४४ लाख बराबरको शेयर किनबेच भयो।

कम्पनीको शेयर कारोवार ५८८ रुपैया प्रतिकित्ता खुलेको थियो भने ५८६ को न्यून विन्दु सम्म पुगेको थियो। अन्तिम मूल्य र उच्च विन्दु एउटै भएकाले आज शिवमको शेयर मूल्य “इन्ट्राडे हाई”मा बन्द भएको छ। “इण्ट्राडे हाई”लाई सकारात्मक प्रवित्ति मानिन्छ।
कुन ब्रोकर बाट सर्वाधिक कारोवार :
सिवम् सिमेन्टको अघिल्लो “बुल र्याली”मा ५८ नम्बर ब्रोकर निकै धेरै संलग्न भए पनि आजको कारोवार हेर्दा ४२ नम्बर ब्रोकरबाट निकै आक्रामक रुपमा शेयर खरीद गरेको देखिन्छ। आज ४२ नम्बर ब्रोकरबाट शिवम सिमेण्ट्सको सर्वाधिक ४ करोड २९ लाख बराबरको ६७ हजार ९ सय ३१ कित्ता शेयर खरीद भएको छ। सूचीको दोश्रोमा ५८ नम्बर ब्रोकर रहेको छ। ५८ नम्बर ब्रोकरबाट आज ३ करोड ६७ लाख बराबरको ५९ हजार ७६ कित्ता शेयर खरिद भएको छ।

Esewa
Crest

आज सर्वाधिक सिवम् सिमेन्टको शेयर ३४ नम्बर ब्रोकरबाट बिक्री भएको  छ। ३४ नम्बर ब्रोकरबाट  २ करोड ८० लाख बराबरको ४४ हजार ३ सय २९ कित्ता शेयर बिक्री भएको छ। दोश्रोमा ५८ नम्बर ब्रोकर रहेको छ। ५८ नम्बर ब्रोकरबाट  १ करोड ३२ लाख बराबरको २१ हजार ४ सय ९२ कित्ता शेयर बिक्री भएको छ।

तथ्याङ्क श्रोत : डाटा एनालाईटिक्स

अन्तिम समयमा आक्रामक खरिद कर्ता
आज सवा २ बजे बाट शिवम सिमेण्ट्समा आक्रामक खरिद कर्ताको उपस्थिती थियो। अन्तिम समयमा खरिद कर्ता मात्र थिए। बजार बन्द हुँदाको बेला सर्किट लेभलमा ( ६४६ रुपैयामा ) २१ हजार ७ सय ५० कित्ता शेयर खरिकर्ता थिए।

श्रोत : नेप्से 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS