IME Life New

शिवम् सिमेन्ट्सद्वारा विद्यालयलाई स्कुलबस र विद्यार्थीलाई स्कुलब्याग वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । देशकै एक अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्ट्स लिमिटेडले मकवानपुरको हेटौंडा–१७ हटियास्थित लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा चितवनको भरतपुर–१५ मंगलपुरस्थित विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुलब्याग वितरण गरेको छ।

शिवम् सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त स्कुलबस तथा स्कुलब्याग वितरण गरेको हो। उद्योग तथा खानी क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीलाई विगतका वर्षहरुमा पनि विभिन्न शैक्षिक सामग्रीको वितरण, छात्रवृत्ति कोषको स्थापना तथा न्यानो कपडाहरुवितरणजस्ता कार्यहरु गर्दै आइरहेको छ। ‘विगतका दिनहरुमा पनि हामीले उद्योग सञ्चालित क्षेत्रका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण, शैक्षिक छात्रवृत्तिहरु स्थापना तथा न्यानो कपडाहरु वितरणजस्ता कार्यहरु गर्दै आइरहेका थियौँ। यसै सिलसिलामा यसपटक हामीले लक्ष्मी आधारभूत विद्यालयलाई स्कुल बस तथा विश्वप्रकाश माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठन गर्न थप हौसला मिलोस् भन्ने अभिप्रायले स्कुलब्याग वितरण गरेका छौँ’, कम्पनीका प्रतिनिधि भन्छन्।

Esewa
Crest

शिवम् सिमेन्ट्सले विगतका दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उद्योग क्षेत्रका विभिन्न विद्यालयमा छात्रवृत्तिको स्थापना, न्यानो कपडा वितरण, स्कुलबस, स्वास्थ्य शिविर, विपन्न परिवारका लागि खाद्यान्न वितरण, आइसोलेसन बेड निर्माणका लागि आर्थिक सहयोग, डाइलेसिस मेसिन, अक्सिजन प्लान्टको निर्माण, एम्बुलेन्स हस्तान्तरण, सडक निर्माण, डिप ट्युब बोरिङ, वृक्षरोपणजस्ता कार्य गर्दै आइरहकेको छ।

क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण गर्दै देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनामा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्ट्सले सिमेन्ट जगतमै पहिलोपटक नापतौल तथा गुणस्तर विभागबाट प्रदान गरिने एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत हुन सफलभएको छ। इएऋ ऋझभलतमात्रउत्पादनगर्दैआएको शिवम् सिमेन्ट गुणस्तरीय एवम् उत्कृष्ट उत्पादन हो। ‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचानहो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटी’को मामलामा नो कम्प्रोमाइजजस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाका कारणले पहिलो स्थानमा रहन सफल भएको छ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधिउक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

एनएस आईएसओ, आईएसओ, आईएसआई र यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS