IME Life New

शिखर इन्स्योरेन्सले लाभांश नदिने, वित्तीय विवरण बीमा समितिमा पेश गर्ने निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको असोज ५ गते बसेको २३२ औ संचालक समितिको निर्णय अनुसार शेयरधनीहरुलाई लाभांश वितरण नगरी उक्त रकम जगेडा कोषमा राख्ने निर्णय गरेको हो।

कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५।७६ को बीमा समितिबाट निर्जिवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिम वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ।

Esewa
Crest

त्यस्तै, कम्पनीको गत आर्थिक बर्षको वित्तीय विवरणहरुको सैद्धान्तिक स्विकृतिको लागि बीमा समितिसमक्ष पश गर्ने निर्णय गरेको जनाएको छ । कम्पनीले वित्तीय विवरणहरुको बीमा समितिबाट सैदान्तिक सहमति पश्चात् नेपाल वित्तीय प्रतिवेदनमान बमोजिमको वित्तीय विवरणहरु समेत बीमा समितिबाछ स्विकृति लिई दुबै आ.वको बार्षिक साधारणसभा चाँडो सम्पन्न गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS