IME Life New

शिखर इन्स्योरेन्सको ३०% हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अर्थात साउन ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा चुक्ता पूँजीको ३० प्रतिशतले हुने ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर जारी गरेको हो । कम्पनीले असार १४ गतेदेखि उक्त हकप्रद शेयर विक्रीमा ल्याएको थियो ।

कम्पनीले चैत १३ गतेदेखि शेयर बिक्री गर्ने निर्णय भएकोमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि शेयर निष्कासन स्थगित भएको थियो। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ।

Esewa
Crest

उक्त हकप्रदमा एनआईबिएल एस क्यापिटलको शाखा कार्यालय तथा शिखर इन्स्योरेन्स कम्पनी तथा शाखा कार्यालयबाट कार्यालय समयभित्र दरखास्त दिन सकिनेछ । त्यस्तै, सि आस्वाबाट पनि दिन सकिन्छ ।

कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि फागुन १३ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । त्यसकारण फागुन १२ गतेसम्म कायम शेयरधनीले यक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

हाल १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS