IME Life New

शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दूतमा मानन्धर नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको सद्भावना दूतमा बैकुण्ठ मानन्धरलाई नियुक्त गरिएको छ । फागुनको ११ गते बुटवलमा आयोजना हुने सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दुतमा नियुक्त गरिएको हो ।

दक्षिण एसियाली खेलकुद प्रतियोगिताका कीर्तिमानी धावक मानन्धरले दौड संस्कृतिलाई प्रबद्र्धन गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा सद्भावना दुत नियुक्त गरिएकोमा आयोजक शाइन रेसुङ्गा बैंक परिवारलाई धन्यवाद दिएका छन् । उनले आम मानिसको स्वास्थ्य जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्नमा सबै जना बताएका छन् ।

Esewa
Crest

नि टु शाइन भन्ने नाराका साथ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आगामी फागुन ११ गते “शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन“ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराउन चाहन्छौं । प्रतियोगितामा सहभागी हुन ईच्छुक खेलाडी तथा धावकहरुलाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट  http://www.srdb.com.np मा गई अथवा सिधै  https://srdb.com.np/campaign/shineresungarun लिंकमा गएर २०८१/११/०९ दिउँसो १२ः०० बज सम्म नाम दर्ता गर्न सकिने र दौड बैंकको केन्द्रिय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा पुगेर समापन हुने जनाइएको छ ।

बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको हो । राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगितामा खुल्ला, स्थानीय ५० बर्ष सम्म र स्थानीय ५० वर्ष भन्दा माथीको गरि तिन विधा रहेका छन् ।

लुम्बिनी प्रदेशका कुनै पनि जिल्ला (अर्घाखाँची जिल्ला, बाँके जिल्ला, बर्दिया जिल्ला, दाङ देउखुरी जिल्ला, पूर्वी रुकुम जिल्ला, गुल्मी जिल्ला, कपिलवस्तु जिल्ला, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा जिल्ला, प्युठान जिल्ला, रोल्पा जिल्ला, रुपन्देही जिल्ला) का नागरिकता भएका धावकहरूले मात्र स्थानीय क्याटेगरीहरूमा सहभागी हुन पाउनेछन् । लुम्बिनी प्रदेशको कुनै पनि जिल्लाको नागरिकता नभएका धावकले स्थानीय क्याटेगरीहरूमा आवेदन दिए पनि स्वतः खुला क्याटेगरीमा दर्ता हुनेछन् । सहभागीताको लागि ईच्छुक प्रतियोगिले एउटा विधामा मात्र नाम दर्ता गर्न सक्नेछन् ।

प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्ष सम्म र ५० वर्ष भन्दा माथीको गरि दुई विधा राखिएको छ । विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको व्यवस्थापन र अपरेसनमा कखरा इभेन्ट जोडिएको छ । बित्तिय क्षेत्रमा विगत १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको नेपालको लोकप्रिय बैंकको रुपमा रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापमा आफुलाई अग्रणी रुपमा सामेल गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS