IME Life New

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २० हजार कित्ता शेयर आज भदौ ८ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो । यस यरमा विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले भदौ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

खरिद आवेदन काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलबाट दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS