IME Life New

व्यापार वृद्धिदर न्यून हुँदा बीमा कम्पनीकाे लागत दर बढ्ने चिन्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । डलर सङ्कट, आयात नियन्त्रण र मुद्रास्फीतिका कारण गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आम्दानी पूर्वानुमान अनुसार वृद्धि हुन सकेन । अर्कोतर्फ जीवन बीमा व्यवसायमा पनि प्रथम् बीमाशुल्क आम्दानीकाे वृद्धिदर नकारात्मक रह्याे । कुल बीमाशुल्क वृद्धिदर पनि एकल अ‌ंकमा रह्याे ।

महँगीका कारण सर्वसाधारणकाे भान्साकाे खर्च भार बढ्दै गएकाले जीवन बीमाका लागी गर्न सक्ने बचत क्षमतामा क्षति पुग्न थालेकाे छ । यसकाे सिधा असर जीवन बीमा कम्पनीकाे व्यापारमा देखिएकाे छ। प्रथम बीमाशुल्कमा सबै कम्पनीहरुको ऋणात्मक वृद्धिदरका कारण समग्र जीवन बीमा उद्योग नै २४.७३ प्रतिशतको ऋणात्मक वृद्धिबाट गुज्रियो ।

Esewa
Crest

जीवन बीमा व्यवसायकाे आकार वृद्धि हुनुकाे साटाे खुम्चि‌ंदै गएकाे अवस्थामा बीमा कम्पनीहरुकाे लागत दर बढ्ने चिन्ता देखिएकाे छ । बीमा कम्पनीहरूका लागी बीमाशुल्क आम्दानी वृद्धि नकारात्मक हुँदा सञ्चालन लगायतका लागत खर्च बढ्छ । बीमा कम्पनीकाे सञ्चालनमा केही निश्चित र स्थिर लागत हुन्छन्, जसलाई कम्पनी सञ्चालनमा रहेसम्म पनि कटाैती गर्न वा पूर्ण नियन्त्रण गर्न स‌ंभव हुँदैन । कर्मचारीकाे तलबभत्ता, घरबहाल, इन्धन खर्च, नियमन शुल्क, बीमांकीकाे पारिश्रमिक, स्थिर सम्पत्तीकाे ह्रास कट्टीले कम्पनीको लागत दरलाई प्रत्यक्ष असर गर्छ।

बीमा क्षेत्रका जानकार दिग्विजय सिंघल नयाँ बीमालेखबाट हुने बीमाशुल्क आम्दानीमा वृद्धि हुन नसकेमा जीवन बीमा व्यवसाय भविष्यमा संकटग्रस्त हुने संभावना औ‌ंल्याउँछन् ।

अत्यधिक खर्चको आडमा बीमितको पैसा दुरुपयोगको बढ्न सक्ने जाेखिम समेत विज्ञले औंल्याएका छन् । जीवन बीमा क्षेत्रमा, बीमा कम्पनीकाे सञ्चालन लागत अधिक हुँदा बीमा काेषमा क्षयीकरण हुने जाेखिम उच्च हुने भएकाले नियामकले खर्चकाे सीमा ताेकेकाे छ।

यसवर्ष डलरको अभाव,राष्ट्र बैंकले आयात नियन्त्रणका कारण कारण  महँगा सवारी साधनबाट प्राप्त हुने बीमाशुल्क आम्दानी घटेको निर्जीवन बीमा कम्पनीले बताएका छन् । बीमाशुल्क वृद्धि दर अघिल्लाे आवकाे तुलनामा गिरावट आएपनि निर्जीवन बीमककाे वृद्धिदर जीवन बीमककाे तुलनामा राम्राे रह्याे ।

भोकमरीको डर, जीवनयापनको महँगी बढेर सर्वसाधारणले बीमाशुल्क तिर्नुकाे साटाे आफूसँगै नगद राख्ने वा तत्कालै झिक्न मिल्ने गरी बै‌ंकमा नगद  जम्मा गर्न थालेकाे सम्बद्ध कर्मचारीहरूकाे प्रतिकृया छ। दशक पछि बीमाबाट प्राप्त हुने प्रतिफललाई बेवास्ता गर्दै बीमितले बीमालेकाे नियमित किस्ता तिर्न छाेडेका छन् । महँगी बढ्दै गएकाे अवस्थामा जीवन बीमा कम्पनीहरुकाे नविकरण बीमाशुल्क आम्दानीमा पनि नकारात्मक असर देखा पर्ने स‌ंभावना उत्तिक्कै छ।

नविकरण बीमाशुल्क सङ्कलन घटेमा कम्पनीको लागत दर बढ्नेछ। र लागत बढ्यो भने, बीमा कम्पनीले बीम कोषकाे आकार वृद्धि गर्न सक्षम हुने छैनन्। कम्पनीले पुरानै बीमा कोषबाट खर्चभार व्यहाेर्नुपर्ने हुन सक्छ।

सर्वसाधारणकाे बचत गर्न सक्ने क्षमता घट्दा बीमा कम्पनीको नयाँ बीमालेख व्यापार घट्ने र बीमालेख समर्पणको दर बढेको छ। अहिलेको मुद्रास्फीति र महँगाे ब्याजदरले सर्वसाधारणलाई त्यसतर्फ धकेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS