IME Life New

व्यवस्थापनको लापरवाहीले चाैध दिनदेखि दुर्गम भेगमा निगमको उडान ठप्प

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जहाजको नियमित मर्मत संभारमा लापरवाही गरेको नेपाल वायूसेवा निगमले १४ दिनदेखि आन्तरिक उडान ठप्प पारेको छ। उडान सेवा ठप्प पार्दा दुर्गम क्षेत्रमा यात्रा गर्नुपर्ने बाध्यता भएका यात्रुहरूको बिजोग भएको छ।

आन्तरिक उडानका लागि निगमको स्वामित्वमा जम्मा दुईवटा ट्वीन अट्टर विमान छन् । नियमित मर्मत संभार गर्नु अघिको उडान साइकल पुरा भएकाले यी दुईवटामध्ये एउटा गत वैशाखमा र अर्को पुस ७ गते देखि थन्किएको छ।

Esewa
Crest

निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि मात्र २ वटा न्यारोबडी र २ वटा वाइबडी रहेको छ। विमानको संख्या र उडान गन्तव्य दुबै क्रमशः खुम्चिंदै गएर व्यवस्थापन खर्च बढ्दै जाँदा निगमको घाटा बढेको छ । निगम अहिले ५० अर्ब रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ ।

निगमले दुईवटा ट्वीन अट्टर विमानबाट २० वटा दुर्गम गन्तव्यमा उडान भर्दै आएको थियो। उडानका लागि पर्याप्त जहाजै नभएपनि पर्यटन राज्यमन्त्री अरूण कुमार चाैधरीको दबाबमा निगमले गत कात्तिक १२ गते टिकापुर विमानस्थलमा नेपालगञ्ज विमानस्थलबाट परिक्षण उडान समेत भरेको थियो। यति मात्र होइन, उडान ठप्प हुन लागेको ७ दिन अघि २०८१ मंसिर ३० गते निगमको कार्यकारी निर्देशक युवराज अधिकारीले कोशी प्रदेशका मुख्यमन्त्रीसँग भेटवार्ता गरेर अन्तरप्रदेश उडान सेवा शुरू गर्ने विषयमा छलफल समेत गर्न भ्याए।

राजनीतिक हस्तक्षेप, कर्मचारी संगठनको दबाब, भ्रष्टाचार र अस्थिर उच्च व्यवस्थापनका कारण नेपाल वायू सेवा निगम प्रभावकारीरूपमा सञ्चालन हुन सकेको छैन ।

२०४६ यता निगम जहाज खरिद प्रकरणको लाउडा र वाइड बडी विमान खरिद कमिशनमा अर्बौंका घोटाला भइसकेका छन् । निगमको वाइडबडी जहाज खरिदको विषयमा विशेष अदालतले तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जनालाई गत मंसिरमा मात्रै दोषी ठहर गर्दै जेल सजाय तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS