IME Life New

वैशाखको नयाँ व्यापारमा कुन जीवन बीमा कम्पनीको कति हिस्सा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को वैशाख महिना अर्थात् एक महिनाको अवधिमा नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँको नयाँ व्यापार (प्रथम बीमाशुल्क) गरेका छन्।

ती कम्पनीमध्ये वैशाख महिनामा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले एक महिनामा ६० करोड ८१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। १४ जीवन बीमा कम्पनीमा नेपाल लाइफको बजार हिस्सा २१.९५ प्रतिशत रहेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले एक महिनामा ४९ करोड १७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको बजार हिस्सा १७.७५ प्रतिशत रहेको छ।

त्यस्तै तेस्रोमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्वाधिक प्रथम बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले २२ करोड १५ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको बजार हिस्सा ७.९९ प्रतिशत रहेको छ।

१४ कम्पनीमध्ये सबैभन्दा कम राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन गरेको छ। कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको बजार हिस्सा १.६२ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS