IME Life New

वैदेशिक रोजगार बीमालेखमार्फत जीवन बीमकले गरे सवा २ अर्बको व्यापार, अग्रस्थानमा सन नेपाल लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म वैदेशिक रोजगार बीमालेखबाट सवा २ अर्ब रुपैयाँबराबरको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनीले यो ९ महिनामा वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब २८ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यो अवधिसम्म बीमा कम्पनीहरुको कुल सक्रिय बीमालेख संख्या २० लाख ४२ हजार ८३२ रहेको छ।

समीक्षा अवधिसम्म वैदेशिक रोजगार बीमालेखबाट सबैभन्दा बढी व्यापार गर्नेमा सन नेपाल लाइफ रहेको छ। यो कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेखबाट ५६ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले यो ९ महिनामा वैदेशिक रोजगार बीमालेखबाट ४९ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। तेस्रोमा रहेको आइएमई लाइफले यस बीमालेखबाट २६ करोड ५३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी फागुनसम्म वैदेशिक रोजगार बीमालेखबाट एसियन लाइफले २१ करोड ७६ लाख रुपैयाँ, नेसनल लाइफले २० करोड १६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १६ करोड २५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १५ करोड ७१ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले १३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

वैदेशिक रोजगार बीमालेखबाट सिटिजन लाइफले ८ करोड ७ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १७ लाख ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS