IME Life New

वैदेशिक रोजगार बीमाः करिब आधा व्यापारमा सन नेपाल लाइफको पकड (बजार हिस्सासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म जीवन बीमकहरुले वैदेशिक रोजगार बीमाको व्यापारबाट सवा ४९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १० वटा जीवन बीमा कम्पनी र एउटा लघु जीवन बीमा कम्पनीले २१ लाख ५५ हजार २१५ वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ४९ करोड २६ लाख ८५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

वैदेशिक रोजगार बीमाको व्यापारमा सन नेपाल लाइफ करिब आधा हिस्सा देखिएको छ। यो कम्पनीले मात्रै २ लाख ७१ हजार ७८० वटा वेदेशिक रोजगार बीमालेख बिक्री गरेर २३ करोड ९ लाख २२ हजार रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ। जुन कुल वैदेशिक रोजगार बीमा व्यवसायको ४६.८७ प्रतिशत हो।

दोस्रो एसियन लाइफ रहेको छ। यो कम्पनीले ७४ हजा ४५० वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ८ करोड ५४ लाख ३८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो कुल वैदेशिक रोजगार बीमा व्यवसायको १७.३४ प्रतिशत हिस्सा हो।

यसैगरी तेस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले ६५ हजार ८९० वटा वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ४ करोड २१ लाख ३० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

भदौसम्म वैदेशिक रोजगार बीमालेख बिक्रीबाट नेसनल लाइफले ३ करोड ९९ लाख ८८ हजार रुपैयाँ, सानिमा लाइफले २ करोड ७६ लाख ३४ हजार रुपैयाँ, सूर्यज्योति लाइफले २ करोड ७३ लाख ३२ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफले २ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै वैदेशिक रोजगार बीमालेख बिक्री गरेर सिटिजन लाइफले १ करोड ३२ लाख ५१ हजार रुपैयाँ, आइएमई लाइफले ४८ लाख ९६ हजार रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५ लाख ४५ हजार रुपैयाँ र लिबर्टी माइक्रो लाइफले ४९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS