IME Life New

वैदेशिक रोजगारी म्यादी बीमाको पुल प्रणालीका लागि यस्तो छ प्रारम्भिक सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारी म्यादी जीवन बीमाका लागि जीवन बीमा कम्पनीहरूबीच व्यवसाय र जोखिम बाँडफाँडको विषयमा सहमति भएको छ। स्वदेशी पुनर्बीमकलाई पुल म्यानेजर तोकेर १४ जीवन बीमक र ३ लघु जीवन बीमकले पुल प्रणालीमा सहभागी हुने सहमति भएको हो।

बीमकका अनुसार पुलमार्फत् प्राप्त हुने व्यवसायमध्ये ५० प्रतिशत हिस्सा समानुपातिकरूपमा बाँड्ने र बाँकी ५० प्रतिशतमध्ये गत आर्थिक वर्षको बजार हिस्साका आधारमा बाँडफाँड गर्ने सहमति बनेको छ। यो प्रारम्भिक सहमतिका आधारमा सहमतिको मस्यौदा तयार पारेर नेपाल बीमा प्राधिकरणमा पेश गर्नेछ। प्राधिकरणको सञ्चालक समितिबाट निर्णय भएपछि यो सहमतिको मस्यौदाले औपचारिक दस्तावेजका रूपमा मान्यता पाउनेछ ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको वैदेशिक रोजगार बीमाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०।८१ मा कुल १० वटा जीवन बीमकले यो बीमालेख बेचेकोमा सन नेपाल लाइफको सर्वाधिक २७ प्रतिशत हिस्सा रहेको थियो । पुल प्रणालीमा सन नेपालले करिब ३० प्रतिशत हिस्सा प्राप्त गर्नेछ।

यसैगरी गत आवमा दोश्रो नेपाल लाइफ २० प्रतिशत, तेश्रो आइएमई लाइफ ११ प्रतिशत, चौथो एशियन लाइफ १० प्रतिशत, पाँचौं नेशनल लाइफ ९ प्रतिशत हिस्सा ओगटेको थियो । यसबाहेक  सूर्यज्योतीको ८, सानिमा रिलायन्सको ७, रिलायबल नेपाल लाइफको ६र सिटिजन लाइफको ३ प्रतिशत हिस्सा रहेको थियो । प्रभू महालक्ष्मी लाइफको हिस्सा एक प्रतिशतभन्दा मुनी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS