IME Life New

वैदेशिक रोजगारी बीमाको आम्दानी बढेपछि सन नेपाल लाइफको रेटिङमा सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैदेशिक रोजगारी सम्बन्धी बीमाबाट हुने बीमाशुल्क आम्दानीमा सुधारसँगै सन नेपाल लाइफ इन्स्योरेन्सको क्रेडिट रेटिङमा सुधार देखिएको छ। यो जीवन बीमकले गत आर्थिक वर्ष २०७९/८० मा अण्डरराइटिङ नाफा र लगानी प्रतिफलमा सुधारका कारण पनि रेटिङ स्तरोन्नती गरिएको केयर रेटिङ्गस नेपालले उल्लेख गरेको छ।

केयर रेटिङ्गसले प्राथमिक शेयर निष्काशन पूर्व केयर एनपि त्रिपल बी रेटिङ दिएकोमा अहिले केयर एनपि त्रिपल बी माइनस रेटिङ दिएको छ।त्रिपल बी को तुलनामा त्रिपल बी माइनस रेटिङ एक तह माथि हो । यस्तो रेटिङले वित्तीय दायीत्व समयमै बहन गर्न सक्ने क्षमता मध्यम स्तरको रहेको अवस्थालाई इ‌ंगित गर्छ।

Esewa
Crest

यसले गत आवमा व्यापारमा उल्लेख्य वृद्धिसँगै लगानीवापतको प्रतिफल आम्दानीमा पनि सुधार गरेको केयर रेटिङ्गसले उल्लेख गरेको छ। रेटिङ्गसका अनुसार अघिल्लो आवमा ४१ करोड १० लाख रुपैयाँ लगानीमा प्रतिफल प्राप्त गरेकोमा गत आवमा यो ५६ करोड ७० लाख रुपैयाँ पुगेको थियो। गत आवमा यसको लगानी ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँ पुगेको थियो ।

सन नेपालले हालै मात्र सर्वसाधारणमा प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गरेर थप पूँजी जुटाएको थियो । यसको हालको चुक्ता पूँजी जम्मा ३ अर्ब २० करोड रुपैयाँ रहेको छ। न्यूनत्तम चुक्ता पूँजी पुर्याउनका लागी थप १ अर्ब ८० करोड रुपैयाँ जुटाउनुपर्ने बाध्यता छ। नियामक नेपाल बीमा प्राधिकरणले गत असोजसम्ममा पूँजी जुटाउनका लागी जीवन बीमकलाई निर्देशन दिएपनि अझैसम्म अधिका‌ंश बीमकले यो निर्देशनको पालना गर्न सकेका छैनन् । सन नेपाल लाइफमा आइपिओमार्फत थपिएको चुक्ता पूँजीले सोल्भेन्सी अनुपातलाई पनि सुदृढ बनाएको छ।

सन नेपालको कूल बीमाशुल्क आम्दानीमा वैदेशिक रोजगार बीमाबाट प्राप्त हुने बीमाशुल्क आम्दानीको हिस्सा उल्लेख्य छ। गत आवमा कूल ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेकोमा वैदेशिक रोजगार बीमावापत १ अर्ब १९ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। गत आवको मध्यदेखि वैदेशिक रोजगार बीमा पुलमार्फत् बीमालेख बिक्री गर्ने प्रावधान खारेजी पछि सन नेपालले यो व्यापारवापतको आम्दानीमा १९१ प्रतिशतको वृद्धि दर्ज गरेको थियो ।

गत आवको अन्त्यसम्ममा जीवन बीमाकोषमा ५ अर्ब ३ करोड २० लाख रुपैयाँ जम्मा भएको छ। गत आवमा मात्र यसले बीमा कोषमा १ अर्ब ५२ करोड १० लाख रुपैयाँ सार्न सफल भएको थियो । समीक्षा अवधिमा सन नेपालको खुद सम्पत्ती ९ अर्ब ९ करोड रुपैयाँ रहेको छ।

केयर रेटिङ्गसले व्यापारमा वृद्धिसँगै बीमालेख व्यतित हुने दर बढ्दै गएकाले सन नेपालका लागी यो चुनाैती भएको उल्लेख गरेको छ। आव २०७८।७९ मा बीमालेख नविकरण दर ८८ प्रतिशतमा रहेकोमा गत आवमा खस्किएर ६५ प्रतिशतमा सीमित हुन पुगेको थियो । साथै नियामकीय प्रावधानमा आउन सक्ने परिवर्तन र न्यूनत्तम चुक्ता पूँजीका लागी नियामकले दबाब दिएको अवस्थामा सञ्चालनका लागी चुनाैती हुने प्रति समेत सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS