IME Life New

वैदेशिक राेजगारी बीमा दाबीमा ठगी अझै राेकिएन, विभागले माग्याे सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । वैदेशिक राेजगार बीमा अन्तर्गत पीडित परिवारले बीमा दाबीवापतकाे रकम प्राप्त गर्न सास्ती खेप्नु परेकाे विषयलाई लिएर वैदेशिक राेजगार विभागले बीमा कम्पनीसँग छलफल गरेकाे छ। वैदेशिक राेजगारीका क्रममा अ‌ंगभंग भएका, अपाङगता भएका वा दुर्घटनामा परेर ज्यान गुमाएका नेपाली कामदारकाे परिवारजनले दाबी भुक्तानी माग्दा बीमा कम्पनी र दलालहरुबाट सास्ती भाेग्नु परेकाे गुनासाे विभागमा आइरहे पछि विभागले छलफल गरेकाे हाे ।

विभागका अनुसार विदेशमा कुनै कामदारकाे मृत्यु भएलगत्तै पीडित परिवारकाे सम्पर्कमा जाने, शव झिकाउन सहयाेग गरेकाे जस्ताे गरेर नजिकिने र विश्वास जितिसकेपछि बीमा दाबीवापतकाे रकम भुक्तानीका बेला ठगी गर्ने प्रवृत्ती व्यापक रहेकाे छ। वैदेशिक राेजगारीका लागी सबैभन्दा बढी विदेशिने यूवाहरुकाे बसाेबास रहेकाे मधेश प्रदेशका कामदारकाे आश्रित परिवारजनहरुबाट व्यापक गुनासाे आइरहेकाे विभागले जानकारी दिएकाे छ।

Esewa
Crest

बीमा दाबी रकम भुक्तानी गर्ने समयमा बीमा कम्पनीका कर्मचारीले परिवारकाे एकजना सदस्यले जीवन बीमा नगर्दासम्म दाबी भुक्तानी नपाइने त्रास देखाएर जबरजस्ती बीमा गराई दिने प्रवृत्ती अझैसम्म नराेकिएकाेले विभागले बीमा कम्पनीका कर्मचारीलाई सचेत गराएकाे छ। यसैगरी बीमा दाबी प्रकृयालाई सहजीकरण गर्न र पीडित कामदार वा परिवारजनलाई सहजरुपमा दाबीकाे सम्पूर्ण रकम बै‌ंक खातामा उपलब्ध गराउनका लागी प्रकृयागत सुधारका उपाय सम्बन्धमा पनि विभागले सुझाव लिएकाे छ।

गत चैतमा पीडित परिवारजनकाे गुनासाेका आधारमा नेपाल प्रहरीकाे अनुसन्धान टाेलीले बीमितकाे परिवारजनलाई ठगी गर्ने धन्दामा स‌ंलग्न रहेका विभागका नायब सुब्बा पशुपति अधिकारी, बीमा कम्पनीका कर्मचारीसहितकाे गिराेहलाई पक्राउ गरेकाे थियाे । उनीहरुबाट ठगिनेमा अधिका‌ंश मधेश प्रदेशका थिए ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरू

मृत्यु भएकाे अवस्थामा १० हाेइन १४ लाख भुक्तानीः

वैदेशिक राेजगार बीमा अन्तर्गत बीमांक रकम १० लाख रूपैयाँ निर्धारण गरिएकाे छ ।  बीमा अवधिभित्र विदेशमा राेजगारकाे क्रममा कामदारको मृत्यु भएमा १० लाख रुपैयाँ भुक्तानी आश्रित परिवारजनले भुक्तानी प्राप्त गर्छन् । यसका अतिरिक्त किरिया खर्चवापत रु‍. १ लाख, शव ल्याउने खर्चवापत रू. १ लाख र आय नाेक्सानीवापत रु‍. २ लाख समेत गरेर जम्मा १४ लाख रूपैयाँ भुक्तानी दिनुपर्ने प्रावधान छ । तर अधिकांश बीमित तथा उनकाे आश्रित परिवारजनलाई मूल बीमांक रकमबाहेक अन्य सुविधाबारे विल्कुलै जानकारी हुँदैन । अतिरिक्त रकमवापतकाे ४ लाख रूपैयाँ अधिकांश पीडित परिवारजनले भुक्तानी नै पाउँदैनन् ।

आय नाेक्सानीवापतकाे २ लाख रुपैयाँकाे भुक्तानी बीमित कामदार वैदेशिक राेजगारकाे शिलशिलामा विदेशमै रहेकाे समयमा नै निधन भएकाे अवस्थामा मात्र भुक्तानी गर्ने प्रावधान छ। बिरामी परेर नेपाल फर्किएकाे वा नेपालमा रहेकाे अवस्थामा कुनै कारणले मृत्यु भएकाे अवस्थामा याे रकम भुक्तानी हुँदैन ।

बीमितकाे कागजप्रमाण नियन्त्रणमा लिएर बैंक कर्मचारीकाे मिलेमताेमा नक्कली हस्ताक्षरकाे आधारमा बै‌ंक खाता खाेल्ने र रकम झिकेर नगद भुक्तानी गर्ने काम दलालले गर्दै आएकाले आश्रित परिवारजन ठगिनुपर्ने अवस्था आएकाे हाे ।

स्थानीय निकाय वा जिल्ला प्रशासन कार्यालयकाे स‌ंलग्नता वा राेहबरमा दाबी भुक्तानी गर्ने प्रावधान लागू गरेकाे अवस्थामा पीडित परिवारजन र कामदार स्वयम् पनि दलाल गिराेहबाट ठगिने संभावनामा केही नियन्त्रण गर्न सकिने छ।

वैदेशिक राेजगार बीमालेख अन्तर्गत बीमा अवधिभित्र बीमितकाे मृत्यु नभएकाे तर शरीरले काम गर्न नसक्ने अवस्था प्रमाणित भएकाे अवस्थामा १३ लाख रुपैयाँ भुक्तानी गर्ने प्रावधान छ । यसैगरी बीमा अवधिभित्र बीमित कामदार बिरामी परेकाे अवस्थामा औषधि उपचार खर्चवापत १ लाख रुपैयाँसम्म जीवन बीमा कम्पनीले भुक्तानी गर्छन् ।

घातक रोग मात्रै लागेको अवस्थामाः

वैदेशिक राेजगारी बीमा गर्दा बीमित कामदारले घातक राेगवापतकाे सुविधा समेत समावेश गरेकाे अवस्थामा घातक राेग लागेकाे प्रमाणित भएमा बीमा कम्पनीले बीमितलाई ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रावधान छ।

यसरी वैदेशिक राेजगारी बीमालेख अन्तर्गत बीमित वा आश्रित परिरवारजनले अधिकत्तम २० लाख रुपैयाँसम्म दाबी भुक्तानी प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS