IME Life New

वृज सिमेन्टले मिस वर्ल्ड २०२३ ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनाका लागि गर्यो सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । विगत ७ वर्षदेखि प्रायोजकका रूपमा मिस नेपाल प्रतियोगितासँग साझेदारी गर्दै आइरहेका वृज सिमेन्ट इन्डस्ट्रिज प्रा.लि यो वर्ष पनि सहयोगलाई निरन्तर दिएको छ। यही डिसेम्बर २०२३ मा भारतमा हुन गइरहेको मिस वर्ल्ड २०२३ प्रतियोगितामा मिस नेपाल २०२२ प्रियंकारानी जोशीद्वारा प्रस्तुत गरिने ‘ब्यूटी विथ ए पर्पोज’ परियोजनामा वृज सिमेन्टको सहभागीता रहने कम्पनीले जनाएको छ।

‘ब्यूटी विथ ए पर्पोज’ उपाधि नेपालले सन् २०१३, २०१८ र २०१९ मा जितिसकेको छ । यस वर्ष प्रियंकारानी जोशी आफ्नो ‘ब्यूटी विथ ए पर्पोज’ योजनाका लागि चितवन जिल्ला इच्छाकामना गाउँपालिका वडा नं ७ स्थित उपरदाङगढीका चेपाङ महिलाहरूको आर्थिक उत्थानमा केन्द्रित रहेकी छिन् ।

Esewa
Crest

कम्पनीका अनुसार कुल ५०० जनाको जनसंख्या रहेको उपरदाङगढीमा बिजुली छैन । प्रियंकारानी जोशीको टिमलेउपरदाङगढीमा बिजुली ल्याउने, यहाँ सामुदायिक भवन निर्माण गर्ने, स्थानीय विद्यालयको जीर्णोद्धार गर्ने लगायतका काम गर्रिरहेको र कम्पनीले त्यसमा सहयोग गर्ने जनाएको छ। परियोजनाका लागि आवश्यक पर्ने सिमेन्ट वृज सिमेन्ट र पुष्पतारा केडिया सेवा फाउण्डेशनले संयुक्त रूपमा प्रदान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS