IME Life New

विश्वमा सुन किन्ने होड, धेरै खरिद गर्ने देश कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वभर चलिरहेको भूराजनीतिक तनावका बीच धेरै केन्द्रीय बैंकहरुले सुनको खरिदमा उल्लेख्य वृद्धि गरेका छन्। अहिलेको परिस्थितिमा सबै देशका केन्द्रीय बैंकहरु आफ्नो भण्डारणमा सुनको मात्रा बढाउने दौडमा छन्।

वर्ष २०२४ को दोस्रो त्रैमासिक अर्थात् अप्रिल–जुनसम्म विश्वभरका केन्द्रीय बैंकहरुले १८३ टन सुन किनेका छन्। जुन वर्ष २०२३ अप्रिल–जुनको तुलनामा ६ प्रतिशतले बढी हो। तर, यो संख्या यस वर्षको पहिलो त्रैमासिकको तुलनामा ३९ कम हो।

Esewa
Crest

तथ्यांकअनुसार वर्ष २०२४ को दोस्रो त्रैमासमा सबैभन्दा बढी सुन खरिद गर्नेमा पोल्यान्ड र भारत रहेका छन्। पोल्याण्डको नेसनल बैंक र रिजर्भ बैंक अफ इन्डिया संयुक्त रुपमा १९–१९ टन सुन खरिद गरी पहिलो स्थानमा छन्।

टर्कीको केन्द्रीय बैंक १५ टन सुन खरिद गरी दोस्रो स्थानमा रहेको छ भने वर्षको पहिलो ६ महिनामा ४५ टन सुन खरिद गरेको छ। जोर्डन, कतार, रुस, उज्वेकिस्तान, किर्गिस्तान, इराक र चेक गणतन्त्रका केन्द्रीय बैंकहरुले पनि दोस्रो त्रैमासमा धेरै सुन खरिद गरेका छन्। यसैबीच चीनको केन्द्रीय बैंकले पनि सुनको खरिद घटाएको छ।

केन्द्रीय बैंकहरुले गरेको यो ठूलो खरिदसँगै अन्य धेरै कारणले सुन बजारमा ठूलो असर परेको छ। सुन बजारलाई असर गर्ने कारणहरुमा अमेरिकी मुद्रा अर्थात् डलरको गति, मुद्रास्फीति र सुनका गहनाको माग समावेश छ। यो वर्ष सुनको भाउ बढ्नुको कारण पनि केन्द्रीय बैंकले ठूलो मात्रामा सुन खरिद गरेको हो।

यसैबीच सुन खानी कम्पनीको उत्पादन प्रभावित भएकाले सुनको मूल्यमा पनि असर परेको छ। सुन उत्पादन गर्ने देशमा चीन, अस्ट्रेलिया, रुस, क्यानडा र अमेरिका पर्दछन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS