IME Life New

विश्वमा नेपाली पासपोर्टको स्तरमा सुधार, सबैभन्दा शक्तिशाली र कमजोर कुन देशको ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वस्तरमा नेपाली पासपोर्टको स्तरमा सुधार आएको छ। वर्ष २०२५ का लागि हेन्ले पासपोर्ट इन्डेक्सले जारी गरेको विश्वका पासपोर्टहरुको स्तरसम्बन्धी सूचीमा नेपाली पासपोर्ट ७ स्थान माथि उक्लिएको हो।

वर्ष २०२४ मा नेपालको पासपोर्ट १०१ औँ स्थानमा थियो। वर्ष २०२५ मा ९४ स्थानमा उक्लिएको छ। नेपालको पासपोर्टबाट ३८ देशमा भिसा फ्री (बिना भिसा) यात्रा गर्न सकिने हेन्ले इन्डेक्स जारी गरेको प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

वर्ष २०२५ मा छिमेकी मुलुक भारतको पासपोर्टको स्तर बढेर ८० औँ स्थानमा उक्लेको थियो। अघिल्लो वर्ष भारतको पासपोर्ट ८२ औँ स्थानमा रहेको थियो। भारतको पासपोर्टबाहकले ५६ देशमा बिना भिसा यात्रा गर्न पाउँछन्। यो स्थानमा भारतसँगै अल्जेरिया, ताजिकस्तान र इक्वेटोर गुनिया पनि रहेका छन्।

वर्ष २०२५ मा पनि सिंगापुरको पासपोर्ट विश्वकै शक्तिशाली बनेको छ। शीर्ष स्थानमा रहेको सिंगापुरको पासपोर्टधारकले विश्वका २२७ गन्तव्यमध्ये १९३ गन्तव्यमा भिसा फ्री यात्रा गर्न सक्छन्।

सिंगापुरपछि जापान र दक्षिण कोरियाको पासपोर्ट विश्वकै दोस्रो शक्तिशाली पासपोर्ट हुन्। यी देशको पासपोर्टबाट १९० देश बिना भिसा यात्रा गर्न सकिन्छ।

तेस्रो स्थानमा डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, आयरल्यान्ड र स्पेन छन्। यी देशका पासपोर्टधारकले १८९ देशमा भिसा फ्री यात्रा गर्न पाउँछन्।

अस्ट्रिया, डेनमार्क, बेल्जियम, लक्जमबर्ग, नेदरल्यान्ड्स, नरवे, पोर्चुगल र स्विडेनको पासपोर्ट चौथो स्थानमा छन्। यी देशको पासपोर्ट बोक्नेले १८८ गन्तव्यमा भिसा फ्री यात्रा छन्।

ग्रिस, न्युजिल्यान्ड, र स्विट्जरल्यान्ड १९० भिसा फ्री गन्तव्यका साथ सूचीमा पाँचौँ स्थानमा छन्।

हेन्ली पासपोर्ट इन्डेक्सले भिसा फ्री प्रवेशका आधारमा मापन गरेर विश्वका पासपोर्टहरुलाई स्थान दिन्छ। अर्थात् जुन देशको पासपोर्ट प्रयोग गरेर भिसा फ्रीमा अधिकांश गन्तव्यमा यात्रा गर्न सकिन्छ, त्यो देशको पासपोर्ट सबैभन्दा शक्तिशाली हुन्छ। यो इन्डेक्स अन्तर्राष्ट्रिय हवाई यातायात संघबाट प्राप्त विशेष तथ्यांकका आधारमा तयार गरिएको हो।

विश्वको सबैभन्दा कमजोर पासपोर्ट आफगानिस्तानको देखिएको छ। सूचीको पुछारमा रहेको यो देशको पोसपोर्ट बोक्नेले २६ वटा देशमा मात्रै भिसा फ्री यात्रा गर्न पाउँछन्।

Henley Passport Index 2025 February Global Ranking

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS