IME Life New

विश्वकै शक्तिशाली कार चढ्छन् अमेरिकी राष्ट्रपति, के-के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकीहरुले राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसमध्ये आफ्नो मनपर्ने नेताका लागि मंगलबार मतदान गर्दैछन्। त्यसपछि मतगणना हुनेछ र नयाँ राष्ट्रपतिको तस्बिर स्पष्ट हुनेछ।

अमेरिकी राष्ट्रपतिलाई विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ। यस्तो अवस्थामा अमेरिकी राष्ट्रपतिको तलब, भत्ता र अन्य सुविधासँगै कार पनि विशेष छ। अमेरिकी राष्ट्रपति ‘द बिस्ट’ भनिने लिमोसिन कारमा यात्रा गर्छन्। यो विश्वको सबैभन्दा सुरक्षित कार हो।

Esewa
Crest

बिजनेस इनसाइडरको रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपतिले एयर फोर्स वन वा मरिन वनमा हेलिकोप्टरमा यात्रा नगर्ने हो भने उनी ‘द बिस्ट’ उपनाम दिइएको राष्ट्रपतिको लिमोसिनमा यात्रा गर्छन्। २० हजार पाउन्ड तौल भएको, आधुनिक सुरक्षा र सञ्चार प्रणालीले सुसज्जित द बिस्टको सबैभन्दा नयाँ मोडल, ट्रम्प प्रशासनको समयमा सन् २०१८ मा प्रयोग हुन थालेको हो। अहिले जो बाइडेन यो कारमा यात्रा गर्छन् र नयाँ राष्ट्रपतिले पनि सोही कार प्रयोग गर्नेछन्।

लिमोसिनको नयाँ मोडल सन् २०१४ मा अमेरिकी गोप्य सेवाद्वारा कमिसन गरिएको थियो र पहिलोपटक सन् २०१८ मा डोनाल्ड ट्रम्पले राष्ट्रपति हुँदा प्रयोग गरेका थिए। यो कारको तौल करिब २० हजार पाउन्ड र मूल्य १५ लाख डलर रहेको छ। यो कारबाट कुनै पनि गोली पार गर्न सक्दैन। बुलेटप्रुफ हुनुका साथै यसले विस्फोट प्रतिरोधी र रासायनिक आक्रमण पनि सामना गर्न सक्छ। नाइट भिजन सिस्टम, टियर ग्यास फायरिङ क्षमताबाहेक यसको ढोकाको ह्यान्डलमा करेन्ट पनि ल्याउन सकिन्छ।

यो कारको झ्याल ३ इन्च मोटो र आर्मर ८ इन्च मोटो छ। ‘द बिस्ट’ ले मेडिकल सामग्री पनि बोक्छ। यसमा राष्ट्रपतिको ब्लड ग्रुको रगत सानो फ्रिजमा रहेको छ। कारको सुरक्षित सञ्चार प्रणाली आणविक हतियारहरुका लागि प्रक्षेपण कोडहरु पठाउन सक्षम छ। लिमोजिन कारमा ७ जना मानिस बस्छन्। जसमा छालाको सिट र फोल्ड आउट डेस्क रहेको छ।

यूएस सेक्रेट सर्भिसको अफिस अफ प्रोटेक्टिभ अपरेसनका सहायक निर्देशक भन्छन्, ‘यो कारको सुरक्षा र कोडेड कम्युनिकेसन सिस्टमले यसलाई विश्वको सबैभन्दा प्राविधिक रुपमा उन्नत र सुरक्षित गाडी बनाएको छ। कारमा अन्य धेरै फिचर छन् तर सुरक्षा कारणले खुलासा गरिएको छैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS