IME Life New

विश्वकै पहिलो हाइड्रोजन बाइक ल्याउँदै कावासाकी, यसरी हुँदैछ टेस्टिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अहिलेसम्म हामीले पेट्रोल र इलेक्ट्रिकबाट चल्ने बाइक देखेका छौँ। हालै बजाज अटोले विश्वमै पहिलोपटक सीएनजी बाइक ल्याएको थियो। तर, छिट्टै विश्वकै पहिलो हाइड्रोजन बाइक ल्याउने तयारी भइरहेको छ।

जापानको कावासाकीले हाइड्रोजन बाइक ल्याउन लागेको हो। यो बाइकको टेस्टिङ सुरु भइसकेको छ। कावासाकीले आफ्नो आउन लागेको हाइड्रोजन बाइक कावासाकी एच२ एसएक्सको प्रोटोटाइपको टेस्टिङ सुरु गरेको हो। पहिलोपटक यो बाइकको रियल वर्ल्डमा टेस्ट गरिँदैछ।यसको एउटा भिडियो कम्पनीले आधिकारिक युट्युब च्यालनमा अपलोड गरेको छ। जसमा बाइक रेसिङ ट्रयाकमा दौडाउन लागिएको देखिन्छ।

Esewa
Crest

कावासाकी एच२ मा कम्पनीले सानो इन्जिन जडान गरेको छैन। यसमा ९९८ सीसीको इन–लाइन सुपरचार्ज इन्जिनको प्रयोग गरिएको छ। यो इन्जिनमा कम्पनीले केही मोडिफिकेसन गरेको छ। जसले यो बाइक पेट्रोलको सट्टा हाइड्रोजन फ्युलमा दैडिनेछ। यसमा हाइड्रोजनका लागि सिलिन्डर राखिएको छ।

बाइकको चेचिस हाइड्रोजन सिलिन्डर सहजै राख्न सकिने गरी तयार गरिएको छ। बाइकको इन्जिन कुनै पारम्परिक इन्टरल कम्बसन इन्जिन (आईसीई)जस्तै काम गर्छ। जुन इन्धन र एयरको मिक्सचरमा चल्छ। यसका अलावा यो बाइकले पेट्रोल मोडलजस्तै आवाज निकाल्छ।

कावासाकीका प्रोजेक्ट लिडर सातोकी इचीका अनुसार हाइड्रोजन ग्यासोलिनको तुलनामा अधिक तीव्रताका साथ जल्छ। जसले बाइकलाई अझ रेस्पोन्सिभ बनाउँछ। ‘हामी अहिले टेस्टिङको चरणमा छौँ’, उनले भने, ‘हामीले अहिले त्यो विन्दुमा पुगेका छौँ, जहाँ हाइड्रोजन पावर्ड बाइकको सफल परीक्षण गरिरहेका छौँ।’

हाल कम्पनीले यो बाइकसँग सम्बन्धित अन्य प्राविधिक पक्षको जानकारी गराएको छैन। तर, यो बाइकलाई पारम्परिक पेट्रोल बाइकको तुलनामा उत्कृष्ट विकल्पमा मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS