IME Life New

विश्वकै पहिलो सीएनजी बाइक लन्च, मूल्य पेट्रोलबाट चल्नेभन्दा सस्तो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै पहिलो सीएनजी बाइक भारतीय बजारमा आज लन्च गरिएको छ। भारतको दिग्गज गाडी उत्पादक कम्पनी बजाज अटोले विश्वकै पहिलो सीएनजी बाइक लन्च गरेको हो।

बजाजले ३ भेरिएन्टमा सीएनजी बाइक ‘फ्रिडम १२५’ लन्च गरेको छ। यसको मूल्य भारु ९५ हजारमात्रै तोकिएको छ। यो बाइकमा सीएनजी र पेट्रोलका लागि एउटै स्विच दिइएको छ। अर्थात पेट्रोलबाट सीएनजीमा सिफ्ट गर्न र सीएनजीबाट पेट्रोलमा सिफ्ट गर्न बाइक रोकिराख्नुपर्ने आवश्यकता नरहेको कम्पनीले जनाएको छ।

Esewa
Crest

सीएनजी बाइकमा थुप्रै अन्य फिचर रहेका छन्। साथमा यो बाइक ७ डुअल टोन कलरमा उपलब्ध हुनेछ।

सीएनजी बाइकले पेट्रोल बाइकको तुलनामा कम उत्सर्जन गर्छ। सीएनजीमा कार्बन मोनोअक्साइड, हाइड्रोकार्बन र नाइट्रस अक्साइडको मात्रा कम हुन्छ। जसले वायु प्रदूषण कम गर्न मद्दत गर्छ। सीएनजी पनि पेट्रोलभन्दा धेरै सस्तो छ। यसको मतलब सीएनजी बाइक चलाएर पैसा बचत गर्न सकिनेछ।

सीएनजी बाइकले पेट्रोल बाइकभन्दा बढी माइलेज दिन्छ। यसको मतलब एकैपटक धेरै दूरी कभर गर्न सकिनेछ भने बारम्बार इन्धन भर्नुपर्ने आवश्यकता पर्दैन।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

9%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS