IME Life New

विविध संस्थागत उत्तरदायित्वको कार्यक्रम गरी मनायो अजोड इन्स्योरेन्सले प्रथम वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्सले आफ्नो प्रथम बर्षको वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीले विविध कार्यक्रमहरु गर्दै पहिलो बार्षिकोत्सब सम्पन्न गरेको हो ।

सोही अवसरमा कम्पनीले रक्तदान कार्यक्रम गरेको थियो जसमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित ५९ जनाको सहभागीता रहेको थियो ।

Esewa
Crest

त्यस्तै, कम्पनीले बीमा का बिबिध फाइदाहरुबारे आम जनताका माझ पूर्याउन सहज होस भनी बिभिन्न चेतना मुलक सन्देश प्रवाह हुने प्ले कार्ड व्यानर सहित प्रभात फेरि नगरको मुख्य स्थानहरु सुन्धारादेखि रत्नपार्क, भृकुटी मण्डकप, भद«काली, सहिदगेट लगायत क्षेत्र यात्रा गरेको थियो ।

कार्यक्रममा कमपनिले ३६५ दिन नै सेवा दिने, फास्ट ट्रयाकबाट दाबी भूक्तानी दिने, कम्पनीको डिजिटल सेवा बिस्तार गर्ने जस्ता बिषयहरुमा जानाकारी दिइएको थियो।

प्रधान कार्यालयमा आयोजित कार्यक्रमामा कम्पनीले स्थापनाको छोटो समयमा उल्लेख्य प्रगती गर्न सफल भएकोमा उपस्थीत शेयरधनीले व्यवस्थापन प्रति कृतज्ञता व्यक्त गरे ।

प्रधान कार्यालय सहित कम्पनीको हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ । उक्त शाखा मार्फत कम्पनीले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुक्तानी प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS