IME Life New

विवादास्पद बीमा पोलिसी जारी गर्ने नेकोका खड्कालाई सिईओ नियुक्त गर्न बीमा समितिको स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंक बीमाको क्रममा त्रुटीपूर्ण बीमा पोलिसी जारी गर्ने नेको इन्स्योरेन्स कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्न बीमा समितिले स्वीकृत गरेको छ ।

लामो समयअघि बीमा समितिमा स्वीकृतिका लागि नेको इन्स्योरेन्सको बोर्ड बैठकले सिफारिस गरेकोमा समितिले आइतबार स्वीकृति प्रदान गरेको सूत्रले जनाएको छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले नेको इन्स्योरेन्सको कार्यकारी प्रमुखमा खड्काको नाम सदर गर्ने सम्बन्धमा टिप्पणी उठेर प्रक्रिया अघि बढाइएको तर सदर भए/नभएको बिषय आफूलाई थाहा नभएको बताए ।

Esewa
Crest

सूत्रका अनुसार बीमा समितिमा खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा स्वीकृत गर्ने बेला विवादास्पद बीमा पोलिसीको विषय समेत उठेको थियो । अर्कै कम्पनीको बीमा शर्त बमोजिम आफ्नो कम्पनीले जोखिम बहन गर्ने भन्दै कृषि विकास बैंकको नाममा त्रुटीपूर्ण बीमा पोलिसी जारी गरेका थिए (पढौं के थियो उक्त समाचार) । सो सम्बन्धमा बीमा समिति समेत मौन रहँदै आएको छ । निमित्त कार्यकारी प्रमुख खड्काकै नेतृत्वमा रहेको नेको इन्स्योरेन्स कम्पनीले सामान्य बीमा  सिद्धान्त विपरित प्रिमियम समेत नलिई ‘नोट’ भन्ने शब्द थपेर भूकम्प, बाढी, आँधी तुफानको समेत जोखिम बहन गर्ने भन्दै कृषि विकास बैंक केन्द्रीय कार्यालयको नाममा बीमा पोलिसी जारी गरेको थियो । निमित्त कार्यकारी प्रमुख खड्काले उक्त पोलिसी त्रुटीपूर्ण रहेको भन्ने जान्दा जान्दै लुकाउने प्रयास गर्दै आएका छन् ।

नेको इन्स्योरेन्सका एक अधिकारीका अनुसार खड्काले नेको इन्स्योरेन्समा आगामी २२ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् । त्यसको लागि आज वा भोलि नै नेको इन्स्योरेन्सको बोर्ड बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS