Prabhu Life Ad Final

नेको इन्स्योरेन्सले जारी गरेको कृषि विकास बैंकको ब्लाङ्केट बीमालेख त्रुटीपूर्ण, भुकम्प-बाढी कभर नहुने

IME PAY
IME Life

काठमाडौं । कृषि विकास बैंकको नगद राख्ने भल्ट, भवन, कर्मचारी लगायतको जोखिम बहन गर्ने बैंकर्स ब्लाङ्केट बीमा अलपत्र परेको छ । नेको इन्स्योरेन्सले जारी गरेको त्रुटीपूर्ण बीमालेखका कारण कृषि बिकास बैंकको बीमा कभर नहुने अवस्थामा अलपत्र परेको हो । निर्जिवन बीमा कम्पनी नेकोले अजोड, जनरल र यूनाइटेड इन्स्योरेन्ससँग मिलेर गरेको बीमा पोलिसी अण्डरराईटिङमा समस्या पर्ने बीमा क्षेत्रका विज्ञहरुले औल्याएका छन् ।

प्रत्येक वर्ष साउन महिनामा नविकरण गर्ने प्रक्रिया अन्तर्गत यस वर्ष नेको इन्स्योरेन्सले कृषि विकास बैंकको ब्लाङ्केट बीमा हात पारेको थियो । तर, बीमालेखमा प्रिमियम भुक्तानी नै नभएको भुकम्प तथा बाढी जस्ता प्राकृतिक प्रकोपबाट हुने क्षति स्वतः कभर हुने भन्ने शब्द मात्रै राखेर बीमालेख जारी गरिएको तथ्य इन्स्योरेन्स खवरले फेला पारेको छ ।

इन्स्योरेन्स खवरलाई गोप्य स्रोतबाट प्राप्त बीमालेखमा भूकम्प र प्राकृतिक प्रकोपको जोखिम बहन गर्ने सम्बन्धमा अजोड इन्स्योरेन्स कम्पनीले कोटेशनमा पेश गरे अनुसारको हुने उल्लेख छ । बीमा समितिका अनुसार ब्याङ्केट बीमामा थप सुविधा लिन थप प्रिमियम तिरेको हुनुपर्दछ । अन्यथा त्यस्ता बीमाको दावी भुक्तानी गैर कानुनी हुन्छ । शुल्क नतिरी स्वतः बीमा कभर हुने भनेको आधारमा बीमा जोखिम बहन नहुने बीमा समितिका एक अधिकारीले इन्स्योरेन्स खवरलाई बताए ।

रोचक कुरा के छ भने नेको इन्स्योरेन्सले आफ्नो बीमा लेखमा अजोड इन्स्योरेन्सको नियम अनुसार बीमा कभर गर्ने उल्लेख छ । बीमा लेखमा अर्को कम्पनीको शर्त अनुसार जोखिम बहन गर्छु भनेर लेख्नु बीमा ऐन २०४९ विपरित समेत भएको हो ।

नेको इन्स्योरेन्सले जुलाई १६, २०१९ मा जारी गरेको बीमालेखबापत ३५ लाख ३६ हजार ६९६.६० रुपैयाँ कृषि विकास बैंकबाट भुक्तानी लिएको छ । सो रकममा भुकम्प, बाढी, आँधी, तुफान जस्ता जोखिमबापत कुनै शुल्क तिर्ने बुझाउने तथा बुझिलिने काम भएको छैन । ब्लाङ्केट बीमाभित्र भवन तथा भौतिक संरचनाहरुको जोखिम वहन गरिएको हुदैन । भूकम्प, बाढी हुरी लगायतका कारणबाट भवन तथा नगद राखिएको भल्टमा क्षति पुगी नगद समेत क्षति पुगेमा सो बापतको जोखिम बहन नेको इन्स्योरेन्सद्वारा कृषि विकास बैंकको नाममा जारी जारी गरेको एचओबीबी २१५३७।७५–७६ ले बहन गर्दैन । तर, उक्त बीमाभित्र दुई हजार दुई सय कर्मचारीहरुको बीमा भने गरिएको छ ।

बीमा समितिले भने बैंकर्स ब्लाङ्केट बीमा स्कीमभित्र भूकम्प, प्राकृतिक प्रकोप जस्ता विपत्तिको जोखिम बहन नहुने प्रष्ट पारेको छ । बीमा समितिका सल्लाहकार भोजराज शर्माले इन्स्योरेन्स खवरसँग भने, ‘ब्लाङ्केट बीमा भनेको अम्रेला पोलिसी हो, यसले बैंकभित्र हुने नगदको बीमा गर्दछ, नगद चोरी भयो, लूटपाट भयो, आगलागी भयो भने कभर गर्दछ तर भवनको बीमा होइन, भुकम्प वा बाढी पहिरोबाट क्षति पुगेको जोखिम बहन गर्दैछ ।’ त्यसको लागि छुट्टै शुल्क लिई बीमा गर्न सकिने बीमा समितिको भनाई छ ।

गत वर्ष आइएमई जनरल इन्स्योरेन्सले कृषि विकास बैंकको ब्लाङ्केट बीमा गरेको थियो । सो क्रममा भूकम्प बाढी लगायतको बीमा कभरेजको लागि छुट्टै शुल्क लिइएको आइएमई जनरल इन्स्योरेन्सका एक अधिकृतले बताए ।

गलत बीमालेख जारी गरिएका कारण कृषि विकास बैंकको जोखिम अन्य बीमा कम्पनीहरुल नव्यहोर्ने देखिएको छ । सहबीमामा २० प्रतिशत हिस्सा लिएको अजोड इन्स्योरेन्सले बीमा समितिलाई पत्र लेख्दै नेको इन्स्योरेन्सको बीमा लेखमा साझेदारी गर्ने नगर्ने भन्दै पत्रचार गरेपछि नेको इन्स्योरेन्सको त्रुटीपूर्ण बीमा प्रकरण बीमा समितिमा समेत पुगिसकेको छ ।

नेको इन्स्योरेन्सकै एक जुनियर अधिकृतले दिएको जानकारी अनुसार त्रुटीपूर्ण बीमा पोलिसीका कारण पुनर्बिमामा समस्या परेको छ भने अन्य को इन्स्योरेन्स गर्ने कम्पनीहरुले समेत स्वीकृत गर्न ढिलाई गरेका छन् ।

त्रुटीपूर्ण बीमालेख जारी गरिएको सम्बन्धमा नेको इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले उक्त त्रुटी सच्याएका बताएका छन् । इन्स्योरेन्स खवरसँग प्रतिक्रिया दिँदै निमित्त सिईओ खड्काले भने, ‘हामीले बुझ्यौ, अजोड इन्स्योरेन्सले पनि नियमनकारी निकाय बीमा समितिमा सोधेको रहेछ, बीमा समितिले पनि यस्तो मिल्दैन भनेको छ, हामीले उक्त बीमा पोलिसी रद्द गरिसक्यौं ।’ सिईओ खड्काले कृषि विकास बैंकलाई समेत आफूहरुले भुकम्प, हुरी लगायतका जोखिम कभर गर्न नसकिने जानकारी दिइसकेको बताए ।

उता, कृषि विकास बैंक अधिकारीले भने नेकोबाट बीमालेख रद्द भएको कुनै जानकारी वा औपचारिक पत्र प्राप्त नभएको प्रतिक्रिया दिएका छन् । कृषि विकास बैंकका सूचना अधिकारी हिमलाल पौडेलले नेको इन्स्योरेन्समा बीमा गरिएको बताए । त्यस्तै कृषि विकास बैंककै अर्का अधिकारी बिनोद पौडेलले बीमा पोलिसीमा उल्लेख भए अनुसार नै जोखिम बहन हुने र बीमा पोलिसीमा कुनै समस्या नरहेको बताए ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS