IME Life New

विभिन्न कार्यक्रम गरी प्रभु बैंकले मनायो ग्लोवल मनि वीक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । ग्लोवल मनि वीकलाई सार्थकता दिन प्रभु बैंकले विभिन्न कार्यक्रम गरेको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरु बाट प्लान योर मनी प्लान्ट योर फियुचर भन्ने नाराका साथ मुस्ताङ्ग जिल्लाको लोमान्थाङ, म्याग्दी जिल्लाको सिबाङ्ग, गोरखा जिल्लाको तुम्सिका गाऊँ, मनाङ जिल्लाको तिमाङ लगायत गण्डकी प्रदेश भित्रका १०० भन्दा वढि सुगम तथा दुर्गम क्षेत्रहरुका व्यक्तिहरुलाई वित्तिय लक्ष्य निर्माण, बचत, ऋण, बजेट, बिमा, विप्रेषण विषयक वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

गतबर्ष पनि जनमानसमा विक्तिय ज्ञानको अभिवृद्घिका लागि ग्लोवल मनि वीकको अबसरमा प्रभु बैंक लि. गण्डकी प्रदेश बाट म्याग्दी जिल्ला स्थित “टुप्पि माथि ठाउँ छैन गुर्जा माथि गाउँ छैन भन्ने लोकउक्ति बाट चर्चित गाऊँ” गुर्जाखानि तथा सामुन्द्रिक सतह देखि ३,९२० मिटरमा रहेको मुस्ताङ जिल्लाको घारा गाउँमा समेत गरि ७८ स्थानबाट वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको प्रभु बैँक लि. गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।

Esewa
Crest

साथै विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान/सीप बढाउने, अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउने, उपयुक्त वित्तीय सेवाहरू छनौट र प्रयोग गर्ने सक्ने क्षमता विकास गर्ने, भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा योजना वारे ज्ञान र सीप प्रदान गर्ने उदेश्यले सम्पन्न भएको यस्ता साक्षरताले सहभागि व्यक्तिहरुलाई आफ्नो पैसा वा सम्पत्तिलाई राम्रोसँग परिचालन गर्ने ज्ञान वृद्धि गर्न, आफ्नो जीवनकालमा गर्नुपर्ने खर्चहरुको योजना गर्न, वित्तीय सेवा सम्बन्धी आवश्यक सूचनाहरू प्राप्त गर्न ठुलो टेवा पुग्ने विश्वास लिईएको प्रभु बैंकका प्रादेशिक कार्यलयका प्रमुख व्यावसायिक केन्द्र अधिकृत शान्ति शेरचनले प्रष्ट पारिन् ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वका सम्बन्धमा जागरण ल्याउने उदेश्यले वार्षिक रुपमा मनाईने अभियान हो । यो सप्ताह विश्वव्यापी रुपमा हरेक वर्ष रर्गनाइजेशन अफ इकोनोमिक को अपरेशन एण्ड डेभलपमेन्टको आयोजना तथा नेपाल राष्ट्र बैंकको संयोजनमा मनाउने गरिन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS