IME Life New

विभिन्न कलेजमा सनराईज क्यापिटलद्धारा पुँजी बजार सम्बन्धी सारक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । सनराइज क्यापिटल लिमिटेडले बिटा एनालिटिक्स प्रा. लि.को सहकार्यमा, पूँजी बजार साक्षरता सुधार गर्न र युवा पुस्तालाई सशक्तिकरण गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सराहनीय कदम चालेको छ । भदौ २४ गते देखि २७ गते सम्म नेपालगञ्ज, लुम्बिनी प्रदेश (प्रदेश ५), सुर्खेत, कर्णाली प्रदेश (प्रदेश ६), र धनगढी, सुदूरपश्चिम प्रदेश (प्रदेश ७) का विभिन्न कलेजहरूमा लगानी सचेतना तथा तालिम कार्यक्रमहरू सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रमबाट सनराईज क्यापिटल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्नुका साथै नयाँ पुस्तालाई पुँजी बजार सम्बन्धमा साक्षर बनाउन र शेयर बजार लगानी सम्बन्धि व्यावहारिक तथा आधारभुत ज्ञान प्रदान गर्न सफल भएको छ ।

Esewa
Crest

उक्त कार्यक्रम भदौ २४ गते धनगढीको सुदूर पश्चिमाञ्चल एकेडेमी (एस.पी.ए कलेज) र भदौ २५ गते ऐश्वर्या बहुमुखी क्याम्पसमा सम्पन्न गरिएको थियो । जसमा २५० भन्दा बढीको सहभागी रहेको र विशेष गरेर स्नातक तहका बिद्यार्थीहरू सो कार्यक्रमबाट लाभान्वित भएका थिए । यस्ता कार्यक्रमहरुले बिद्यार्थी वर्गहरुलाई पूँजी बजारको शुक्ष्म ज्ञान प्रदान गर्नुका साथै लगानी रणनीतिहरू, बजार विश्लेषण र वित्तीय योजनाहरूमा लियो आधार प्रदान गर्न सहयोगी हुनेछ भन्ने यो कम्पनीको ठम्याई रहेको छ ।

साथै, भदौ २६ गते प्रदेश ५ नेपालगञ्ज स्थित बाँके बागेश्वरी क्याम्पसका गैर–व्यावसायिक, तर प्राविधिक, आईटी र इन्जिनियरिङ स्नातक तहका बिधार्थीहरूलाई पुँजी बजारका विषयवस्तुका बारे सामान्य ज्ञान तथा शिप सशक्तिकरण गर्ने उद्धेश्यले आयोजना गरेको थियो । उक्त कार्यक्रम प्राविधिक विशेषज्ञता र वित्तीय ज्ञान बीचको अन्तरलाई न्युन गर्न फलदायी रहेको बुझिन्छ ।

त्यसैगरी भदौ २७ गते कर्णाली प्रदेश ६, सुर्खेतमा एक अग्रगामी शैक्षिक संस्था सुर्खेत मोडल कलेजमा आयोजित कार्यक्रममा विद्यार्थी समुदायबाट अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गर्न सफल रहेको क्यापिटलको तर्फबाट इन्भेस्टमेन्ट बैंकिङ प्रमुख विनोद आलेले जानकारी दिए । सहभागीहरूले आर्थिक आत्मनिर्भरताको भावनालाई प्रज्वलित गर्दै आफ्नो वित्तीय गतिविधिमा आफ्नो नयाँ ज्ञानलाई लागू गर्न उत्सुकता व्यक्त गरे ।

यस किसिमको पुँजी बजार साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम देशको ७ वटै प्रदेशमा गर्न सनराईज् क्यापिटल लि. सदा अग्रसर रहेको सनराईज् क्यापिटल लिमिटेडका कार्यकारी प्रमुख बिजय लाल श्रेष्ठले जनाए । यस अभियानको नेतृत्व सनराइज क्यापिटलका इन्भेस्टमेन्ट बैंकिङका प्रमुख विनोद आलेले गरेका थिए, जसमा धितोपत्र कारोबार, लगानी रणनीति, जोखिम व्यवस्थापन, डिम्याट, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्ड, मर्चेन्ट बैंकिङ, अनुसन्धान र सल्लाहकार र प्रणालीगत लगानी लगायतका मुख्य क्षेत्रहरूमा केन्द्रित गरिएको थियो । नेपालको पूर्वी प्रान्तमा यस पहललाई निरन्तरता दिने र विस्तार गर्ने योजनासहित कार्यक्रमको औपचारिक समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS