IME Life New

विद्युतिय सवारी खरिद गर्दा नबिल बैंकले ८०% सम्म ऋण प्रदान गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले हुण्डाईका विद्युतिय सवारी (इभी) र इन्टरनल कम्बसन इन्जिन (आइसीई) खरिदका लागि सहज र सुलभ दरमा कर्जा उपलब्ध गराउने भएको छ। सोही प्रयोजनका लागि नेपालका लागि हुण्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल र नबिल बैंक बिच सम्झौता भएको हो।

सम्झौता पत्रमा नविल बैंकको तर्फबाट नबिल बैंकका वरिष्ठ डीसीईओ सुजित शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक इन्द्रप्रशाद सापकोटाले हस्ताक्षर गरेका हुन्।

Esewa
Crest

सम्झौता अनुसार अब हुण्डाई गाडी, ईभी वा आईसीई फाइनान्स गर्न चाहनेले नबिल बैंकमार्फत १२ दशमलव ९९ प्रतिशतमा गर्न सक्नेछन्। बैंकले सबै आवश्यक कागजातहरु प्रमाणित भएमा १ दिन भित्र ऋण उपलब्ध गराउने जनाएको छ।

बैंकले उक्त सवारी खदिरका लागि सवारी मुल्यको व्यक्तिगत तर्फ ८० प्रतिशत र संस्थागत तर्फ ७० प्रतिशत कर्जा उपलब्ध गराउने छ। त्यस्तै इन्टरनल कम्बसन इन्जिन खरिदको लागि व्यक्तिगत हकमा ५० प्रतिशत र संस्थागत रुपमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ।

ग्राहकले नबिल बैंकको जुनसुकै शाखा वा हुन्डाईका देशभरका १७ वटा शोरुममा गएर यस अफरको फाइदा लिन सक्ने बैंकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS